भर्खरै :
वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित  | कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु | आन्दोलनमा लुटपाट गरिएको तस्बिर, भिडियो पठाउन प्रहरीको अनुरोध  | जेन-जी प्रदर्शन: पोस्टमार्टम गरेर शव हस्तान्तरण  | गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै | बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने |

काउन्सिलमा तीन सय ४६ मिडियाविरुद्ध उजुरी र जनगुनसो दर्ता

  • ख्वपखबर
  • जेष्ठ ९, २०८२

प्रेस काउन्सिल नेपालमा आ.व. २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्म ३४६ मिडियाविरुद्ध उजुरी र जनगुनसो दर्ता भएका छन् । जसमध्ये २४६ वटा उजुरी र ४ वटा जनगुनासो दर्ता रहेका छन् । दर्ता भएका उजुरीमध्ये ११६ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, ११४ वटा गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, ५ वटा बार्गेनिङ, ११ वटा हुबहु रहेका छन् ।

यस आ.व.मा दर्ता भएका २४६ मध्ये कुल १४९ वटा (६०.५७%) उजुरी यसअवधिमा फछ्र्यौट भएका छन् भने २९८ सामग्री स्वअनुगमन भएकोमा २८७ वटा फछ्‌यौट भएका छन्। आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन माध्यमलाई अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको छ भने ३ वटालाई सूचीकरणबाट समेत हटाइ थप कारबाही गरिएको छ। अवज्ञाकारी/कालोसूचीमा राखी कारवाही गरिएका मध्ये क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिवद्धता व्यक्त गरी निवेदन दिने ५ वटालाई कालोसूची फुकुवा गरिएको काउन्सिलले जनाएको छ । निर्देशन/सचेत गराउँदै सशर्त कालोसूची फुकुवा गरिएको जानकारी गराइएपछि काउन्सिलका बारेमा आधारहीन, भ्रमपूर्ण, मिथ्या सामग्री सम्प्रेषण गर्ने एक सञ्चार माध्यमलाई पुनः स्पष्टीकरण सोधिएको छ ।

प्रेस काउन्सिलले कार्यविधि बनाई/परिमार्जन गरी मिडियाले सञ्चालन गरेका युट्युब च्यानल र फेसबुक पेजको समेत नियमन गरिरहेको छ । मिडियामा आवद्ध नभएका सामाजिक सञ्जालबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको उजुरी एवं स्वअनुगमनका क्रममा देखिएमा त्यस्तालाई भने आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिएको छ। यस क्रममा २०८१ साउनदेखि २०८२ वैशाख मसान्तसम्म हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वैष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) ६, फेसबुक पेज ५ तथा अनलाइन ६ वटालाई निर्देशन दिइ सचेत गराइएको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Thumbnail) सहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई अनदेखा गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता/सूचीकरण नभएका ६५ युट्युव च्यानल र ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको छ।

यसैवीच पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरी लगायतका जिल्लाहरूमा मिडियाको आवरण दिइ आफू पत्रकार भएको भन्दै गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा गइ विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृतरूपमा कार्ड बनाई गैरपेसागत कियाकलापमा संलग्न गराउने, प्रेस कार्डको दुरूपयोग गर्दै कतिपय जिल्लाका सिमाना गएर धाक धम्की दिने, असुली गर्ने, ‘पत्रकार सम्मेलन गराइदिने’ भनी पीडितहरूसँगबाट रकम असुली गर्ने, युट्युब च्यानल खोली सोमार्फत राष्ट्रियता/राष्ट्रिय एकताविपरीत, वैयक्तिक गोपनीयता प्रतिकूल, सामाजिक सद्भाव विगार्ने र पारिवारिक विखण्डन गराउने किसिमका साम्रग्री सम्प्रेषण गर्ने गरेका गुनासाहरूका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ। यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ, सिरहा जिल्ला शाखालाई ७ दिनभित्र त्यस किसिमका कियाकलापसम्बन्धी उठेका विवादका सम्बन्धमा आवश्यक विवरण उपलब्ध गराउन पत्राचार भएको छ ।

पत्रकारिताका मूल्य/मान्यताविपरीत गैरपेसागत आचारण गर्ने, अनधिकृतरूपमा प्रेस कार्ड बनाई वितरण गर्ने, प्रेस प्रतिनिधि प्रमाणपत्रको दुरूपयोग गरी बार्गेनिङ गर्ने, धाकधम्की दिने, बिनाआधार भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव विगार्ने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिइ भ्रम फैलाउने, अश्लील एवं अमर्यादित सामग्री सम्प्रेषण नगर्न नगराउन काउन्सिलले आग्रह गरेको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित