भर्खरै :
वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित  | कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु | आन्दोलनमा लुटपाट गरिएको तस्बिर, भिडियो पठाउन प्रहरीको अनुरोध  | जेन-जी प्रदर्शन: पोस्टमार्टम गरेर शव हस्तान्तरण  | गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै | बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने |

सत्यतथ्य सहित पत्रकारीता अगाडि बढाइएको प्रमुख थापाको भनाइ

  • ख्वपखबर
  • जेष्ठ ९, २०८२

सूर्यबिनयाक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले भक्तपुरका पत्रकारले सत्यतथ्य सहितको पत्रकारीतालाई अगाडि बढाइएको बताउनुभयो । प्रमुख थापाले बिहीबार सप्पन्न गरेको मोजो विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख बासुदेव थापाले हालसम्म पनि भक्तपुरका पत्रकारले सत्य तथ्य हीन समाचारको सम्प्रेषण कामै मात्रामा गरिएको र पत्रकारहरुको सहि सर्वेक्षणले नगरपालिका काम गर्न अझ थप जोस जागर चलेको जनाउनुभयो । उहाँले भन्नुभयो, ” पत्रकार साथीहरूले सहि सर्वेक्षण गरिदिनु भएको कारण हामीलाई काम गर्न जोस जागर पनि मिलेको छ ।”
नेपाल पत्रकार महसंघ भक्तपुर शाखाको भवन निर्माण गर्न पनि कुनै कन्जुस्याइँ नगरी जग्गा उपलब्ध गराएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पत्रकारको भवन बनाउन सूर्यबिनायक नगरपालिकाले जग्गा दिनको लागि पनि कुनै कन्जुस्याइँ नगरिकन दिएका छौं । तपाईंहरुको साथ चाहिन्छ यो देश बनाउनको लागि ।”

उहाँले विकास निर्माणको एउटा कामलाइ थाती राखेर भए पनि मानवीय विकास र मानवीय गोष्टि, सिपमुलक र रोजगारी मुलक कार्यहरुमा सदैव अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मोजोले समाचारको प्राविधिक पक्षमा सहज पुर्याएको बताउनुभयो । उहाँले नागरिकको अपेक्षा प्रेससंग पनि जोडिएको भएर नागरिक समक्ष सत्य तथ्यगत सूचना सम्प्रेषण कसरी प्रस्तुत गर्ने भन्ने विषयमा पत्रकारले विशेष ध्यान पुर्याउनु पर्ने बताउनुभयो । उहाँका अनुसार नागरिकको नाजरमा व्यवसायीक पत्रकारको छाप छाेड्न यस्ता प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रमहरु आवश्यक रहेको छ ।

सूनपाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले पाठकको रुचि अनुसारको बिषयबस्तु प्रस्तुत गर्नु पर्नेमा जोड दिनुभयो । पत्रकारसंग सम्बन्धित चलचित्रको चर्चा गर्दै उहाँले कर्तव्य र अधिकारसंगै जिम्मेवार भाइ काम गर्न सम्पुर्ण पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष नारायण किलम्बुले प्रबिधिको विकाससंगै पत्रकारीता क्षेत्रमा पनि चुनौती बढेको बताउनुभयो । समाजलाई सकारात्मक सोचमा ल्याउन पत्रकारले वच दगको भुमिका राम्रोसँग निभाएको पुर्व अध्यक्ष किलम्बुको भनाइ छ । बिहीबार दिएको तालिमले भक्तपुर जिल्लाका पत्रकारहरुलाई दक्षता र सीप प्रदान गरेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष एवं अभिमुखीकरण कार्यक्रमका सभापती सुन्दर शिल्पकारले पत्रकारको आवश्यकता र प्रविधिको विकासलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको जनकरी दिनुभयो । अध्यक्ष शिल्पकारले पत्रकारिताको ट्रेेण्ड फेरिएको र अहिलेको युगमा मोबाइलबाट नै सम्पुर्ण कार्य हुने गरेको र सम्पुर्ण सञ्चार माध्यमले मोजोलाई नै प्राथमिकता दिएर आम नागरिक सामु सूचना सम्प्रेषण गर्ने गरेकोले पत्रकारलाई मोजो सम्बन्धि तालिम आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित