द आर्ट अफ लिभिङ नेपालद्वारा बाल सुधार गृहमा आयोजित ध्यान कार्यक्रम सम्पन्न

  • ख्वपखबर
  • जेष्ठ ७, २०८२

द आर्ट अफ लिभिङ नेपालले हालै UCEP नेपालको आयोजनामा बाल सुधार गृह (Juvenile Correction Home) मा एडभान्स मेडिटेशन प्रोग्राम (Advanced Meditation Program) सफलता पूर्वक सम्पन्न भएको छ ।

चार दिनसम्म सञ्चालन गरिएको यस परिवर्तनकारी कार्यक्रममा २३ जना किशोरीहरू सहभागी भए, जसको मानसिक तथा समग्र स्वास्थ्यमा गहिरो सकारात्मक प्रभाव परेको छ ।

कार्यक्रम द आर्ट अफ लिभिङकी वरिष्ठ प्रशिक्षक ऋतिका लोहियाको नेतृत्वमा सम्पन्न भयो । सहभागीहरूले कार्यक्रमलाई अत्यन्त लाभदायक र जीवनपरिवर्तनकारी अनुभव गरेका छन् ।

एक सहभागीले भनिन्, “म दिनभर रुन्छेँ, अपराधबोधमा बाँच्छेँ। वरिपरिका घटनालाई स्वीकार्न सक्दिन थिएँ । तर, यो कार्यक्रमपछि म भित्रैबाट शान्ति महसुस गरे । स-साना कुराहरूमा पनि अहिले खुसी सिके। जीवनलाई जसरी छ, त्यसरी स्वीकार्न सिकेँ ।”

अर्की सहभागीले भनिन्, “आफुले गुरु प्राप्त गरेकोमा खुसी भएको बताएन ।”

UCEP नेपालका उपनिर्देशक संगम चालिसेले द आर्ट अफ लिभिङ नेपाललाई धन्यवाद दिँदै भने, “यस कार्यक्रमले किशोरीहरूलाई पुनः आशाको किरण दिएको छ । उनीहरू भित्रको शक्ति महसुस गराउदै मुस्कुराउन र अगाडि बढ्न सहयोग पुर्याएको छ ।”

द आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक गुरुदेव श्री श्री रविशंकर हुनुहुन्छ । जसको मार्गदर्शनमा यस्ता मानव कल्याणमुखी कार्यक्रमहरू विश्वभर सञ्चालन हुँदै आएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित