अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

द आर्ट अफ लिभिङ नेपालले हालै UCEP नेपालको आयोजनामा बाल सुधार गृह (Juvenile Correction Home) मा एडभान्स मेडिटेशन प्रोग्राम (Advanced Meditation Program) सफलता पूर्वक सम्पन्न भएको छ ।
चार दिनसम्म सञ्चालन गरिएको यस परिवर्तनकारी कार्यक्रममा २३ जना किशोरीहरू सहभागी भए, जसको मानसिक तथा समग्र स्वास्थ्यमा गहिरो सकारात्मक प्रभाव परेको छ ।
कार्यक्रम द आर्ट अफ लिभिङकी वरिष्ठ प्रशिक्षक ऋतिका लोहियाको नेतृत्वमा सम्पन्न भयो । सहभागीहरूले कार्यक्रमलाई अत्यन्त लाभदायक र जीवनपरिवर्तनकारी अनुभव गरेका छन् ।
एक सहभागीले भनिन्, “म दिनभर रुन्छेँ, अपराधबोधमा बाँच्छेँ। वरिपरिका घटनालाई स्वीकार्न सक्दिन थिएँ । तर, यो कार्यक्रमपछि म भित्रैबाट शान्ति महसुस गरे । स-साना कुराहरूमा पनि अहिले खुसी सिके। जीवनलाई जसरी छ, त्यसरी स्वीकार्न सिकेँ ।”
अर्की सहभागीले भनिन्, “आफुले गुरु प्राप्त गरेकोमा खुसी भएको बताएन ।”
UCEP नेपालका उपनिर्देशक संगम चालिसेले द आर्ट अफ लिभिङ नेपाललाई धन्यवाद दिँदै भने, “यस कार्यक्रमले किशोरीहरूलाई पुनः आशाको किरण दिएको छ । उनीहरू भित्रको शक्ति महसुस गराउदै मुस्कुराउन र अगाडि बढ्न सहयोग पुर्याएको छ ।”
द आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक गुरुदेव श्री श्री रविशंकर हुनुहुन्छ । जसको मार्गदर्शनमा यस्ता मानव कल्याणमुखी कार्यक्रमहरू विश्वभर सञ्चालन हुँदै आएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...