रातो मछिन्द्रनाथ जात्रा, १८ गते भोटो देखाइने

  • ख्वपखबर
  • जेष्ठ ७, २०८२

करुणामय रातो मछिन्द्रनाथ जात्रा, नेपालको सबैभन्दा पुरानो र लामो चल्ने रथ यात्रा हो, जुन विशेषगरी काठमाडौं उपत्यकाको ललितपुर (पाटन) क्षेत्रमा मनाइन्छ। यो जात्रा वर्षा र कृषि देवता “करुणामय” अर्थात् रातो मछिन्द्रनाथको सम्मानमा आयोजना गरिन्छ । उहाँलाई बौद्ध धर्ममा अवलोकितेश्वर (लोकनाथ) र हिन्दू धर्ममा वर्षाका देवता मानिन्छ ।

करीब एक हजार वर्षअघि, लिच्छविकालमा नेपालमा भयानक खडेरी परेको थियो । त्यस समय वर्षा नहुनुका कारण अन्न उत्पादन र जनजीवन प्रभावित भएको थियो । तब राजा नरेंद्र देव, तन्त्रविद् बन्धुदत्त र ललितपुरका एक किसान रात्नकर्णले भारतको असमबाट करुणामय (बोढिसत्व अवलोकितेश्वर) लाई नेपाल ल्याए । उहाँलाई ललितपुरमा स्थापित गरी रथ यात्रा निकाल्ने परम्परा शुरु गरियो, जसले वर्षा ल्याउने विश्वास गरिन्छ ।

रथयात्रा मार्ग: रथलाई पुल्चोकदेखि पाटनका विभिन्न टोल हुँदै लगनखेलसम्म तानिन्छ । रथ यात्रा थुप्रै दिनसम्म चल्ने हुँदा, प्रत्येक दिन विशेष धार्मिक विधि र उत्सव मनाइन्छ । २०८२ साल २ महिना १५ गते रातो मछिन्द्रनाथको पश्चिम यात्रा र २०८२ साल २ महिना १८ गते भोटो जात्रा रहेको छ ।

भोटो देखाउने समारोह: जात्राको अन्त्यतिर “भोटो देखाउने” परम्परा गरिन्छ, जहाँ करुणामयको रथमा चढेर पुरातन भोटो देखाइन्छ । करुणामय रातो मछिन्द्रनाथ जात्रा केवल धार्मिक मात्र नभई सांस्कृतिक, ऐतिहासिक र सामाजिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण उत्सव हो, जसले ललितपुरको पहिचानलाई अझै उजागर गर्छ ।

फोटो – राहिल महर्जन

Your email address will not be published. Required fields are marked *

सम्बन्धित