अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

करुणामय रातो मछिन्द्रनाथ जात्रा, नेपालको सबैभन्दा पुरानो र लामो चल्ने रथ यात्रा हो, जुन विशेषगरी काठमाडौं उपत्यकाको ललितपुर (पाटन) क्षेत्रमा मनाइन्छ। यो जात्रा वर्षा र कृषि देवता “करुणामय” अर्थात् रातो मछिन्द्रनाथको सम्मानमा आयोजना गरिन्छ । उहाँलाई बौद्ध धर्ममा अवलोकितेश्वर (लोकनाथ) र हिन्दू धर्ममा वर्षाका देवता मानिन्छ ।
करीब एक हजार वर्षअघि, लिच्छविकालमा नेपालमा भयानक खडेरी परेको थियो । त्यस समय वर्षा नहुनुका कारण अन्न उत्पादन र जनजीवन प्रभावित भएको थियो । तब राजा नरेंद्र देव, तन्त्रविद् बन्धुदत्त र ललितपुरका एक किसान रात्नकर्णले भारतको असमबाट करुणामय (बोढिसत्व अवलोकितेश्वर) लाई नेपाल ल्याए । उहाँलाई ललितपुरमा स्थापित गरी रथ यात्रा निकाल्ने परम्परा शुरु गरियो, जसले वर्षा ल्याउने विश्वास गरिन्छ ।
रथयात्रा मार्ग: रथलाई पुल्चोकदेखि पाटनका विभिन्न टोल हुँदै लगनखेलसम्म तानिन्छ । रथ यात्रा थुप्रै दिनसम्म चल्ने हुँदा, प्रत्येक दिन विशेष धार्मिक विधि र उत्सव मनाइन्छ । २०८२ साल २ महिना १५ गते रातो मछिन्द्रनाथको पश्चिम यात्रा र २०८२ साल २ महिना १८ गते भोटो जात्रा रहेको छ ।
भोटो देखाउने समारोह: जात्राको अन्त्यतिर “भोटो देखाउने” परम्परा गरिन्छ, जहाँ करुणामयको रथमा चढेर पुरातन भोटो देखाइन्छ । करुणामय रातो मछिन्द्रनाथ जात्रा केवल धार्मिक मात्र नभई सांस्कृतिक, ऐतिहासिक र सामाजिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण उत्सव हो, जसले ललितपुरको पहिचानलाई अझै उजागर गर्छ ।
फोटो – राहिल महर्जन
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...