रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

भक्तपुरको गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गरिएको छ । मंगलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले ९० सालको भूकम्पले पूर्ण क्षति पुर्याएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा सहयोगी सम्पूर्णलाई धन्यवादज्ञापन गर्दै जनताको एकताले नमुना र उदाहरणीय काम गर्न सकिने उदाहरण भक्तपुरले दिएको जनाए । नरसिंह शक्तिको प्रतिक हो, लक्ष्मीसहितको नरसिंहले सन्तुलनको प्रतिक दर्साउने बताउँदै उनले शक्तिको आडमा मात्र विजय हासिल हुने कुरा सत्य नभएको बताए ।

कला संस्कृति संरक्षण र सम्बद्र्धन आफैमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले मन्दिर पुनःनिर्माणमा खटिएकै कारण भव्य निर्माण सम्भव भएको जनाए ।
कला संस्कृति संरक्षण र सम्बद्र्धनसँगै भक्तपुरका डकर्मी, सिकर्मी र विविध क्षेत्रका कलाहरुले आफ्नो शिल्प र मेहेनत प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको बताउँदै उनले सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुन आग्रह गरे । भक्तपुरका जनताबीचको एकता तथा आपसी सहयोगको भावना नै भक्तपुरको विशेषता बन्दै गइरहेको अध्यक्ष बिजुक्छेँको भनाइ छ ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको अवसरमा लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन गरिएको हो । लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास बि.सं. २०७८ मंसिर २७ गते नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका थिए । मन्दिरको कुल लागत इष्टमेट रु. ७ करोड ७७ लाख रहेकोमा रु. ४ करोड ८३ लाख खर्चमा पुनःनिर्माण कार्य सम्पन्न भएको थियो ।

बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...