भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

अदित श्रेष्ठको “भिमफेदीको बगर” सार्वजनिक

  • ख्वपखबर
  • जेष्ठ ५, २०८२

संगीतकार अदित श्रेष्ठको गीत ‘भिमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा अदित श्रेष्ठको शब्द र स्वर रहेको छ । सो गीतमा याकुब तामाङले सङ्गीत संयोजन गरेका छन् ।

होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा याकुब विटस्ले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा निर्मलकुमार लामाको निर्देशन रहेको छ भने सुमित तामाङले छायाङ्कन र सम्पादन गरेका हुन् । श्रेष्ठको शब्दमा रहेको यो गीतमा कलाकार भने भिमफेदी गाइज र रिया लामा रहेकी छन् । यस म्युजिक भिडियोमा प्रेममिल जोडीको माया पिरतीका खट्टामिठा विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । श्रेष्ठले सानै उमेरदेखि गायन क्षेत्रमा आफूलाई रुची भएको हुनाले यो दोस्रो गीत तथा म्युजिक भिडियो बजारमा सार्वजनिक गर्न सफल भएको बताए ।

यो भन्दा पहिला जुनेली रात भन्ने म्युजिक भिडियो पनि आएको थियो जुन स्रोताहरुले धेरै नै माया र मन पराइ साथ दिनुभएको हुनाले यो “भिमफेदीको बगर”लाई त्यसरी नै माया र साथ दिन आग्रह गर्दै आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गर्ने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने श्रेष्ठले जनाए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित