भिसा पाएसंगै सोमबार यूएई जाने तयारीमा नेपाली खेलाडी
- अशोज ५, २०८२
- ख्वपखबर
यूएईको भिसा पाएसंगै नेपाली खेलाडी सोमबार यूएई जाने तयारीमा जुटेका छन् । यूएईमा हुने...
भक्तपुरमा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२’ हुने भएको छ । यही जेष्ठ ९ र १० गतेका दिन जगातीस्थित शेराटन ब्याङ्क्वेट, सूर्यविनायक नगरपालिका–८, भक्तपुरमा हुने सूर्यविनायक नगर सितोरियो कराते संघले जनाएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै, हामी सूर्यविनायक नगर सितोरियो कराते संघको आयोजनामा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२’ को आयोजना गरिएको प्रतियोगिताका संयोजक राम शरण त्वातीले जानकारी दिएका छन् । उनका अनुसार कराते खेलको माध्यमबाट युवा पुस्तामा अनुशासन, आत्मबल, आत्मविश्वास, नेतृत्व र राष्ट्रिय गौरवका भावना उत्पन्न गर्न अभिप्रेरित गर्ने छ ।
प्रतियोगितालाई राष्ट्रिय स्तरकै प्रतिष्ठित कार्यक्रमको रूपमा स्थापित गर्ने उद्देश्य रहेको संयोजक त्वातीको भनाइ छ । उनले भने, “यस्ता प्रतियोगिताहरू केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई राष्ट्रिय स्तरका भावी खेलकुद नायकहरू निर्माण गर्ने आधारशिला पनि हुन् ।”
यसपटकको मेयर कप प्रतियोगितामा करिब १० स्थानीय तहका टिमहरूको सहभागिता रहने आयोजक संघले जनाएको छ । संघका अनुसार भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरी, काठमाडौं र गोदावरी नगरपालिकाहरूबाट सहभागिता जनाउने भएको छ ।
प्रतियोगितामा पुरुष र महिला दुबै वर्गमा विभिन्न तौल समूहहरूमा प्रतिस्पर्धा हुनेछ । महिला तर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा ७ वटा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ । पुरुष तर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र काता विधामा ८ वटा इभेन्टहरू आयोजना गरिनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा हरेक तौल समुहका विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ । साथै, समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष सम्मान स्वरूप ट्रफी प्रदान गरिनेछ, जसले टोली भावना र एकता झल्काउनेछ । कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।
यूएईको भिसा पाएसंगै नेपाली खेलाडी सोमबार यूएई जाने तयारीमा जुटेका छन् । यूएईमा हुने...
वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा भक्तपुरका बसिल त्वायनाले रजत पदक जितेका छन् । उज्बेकिस्तानको ताशकेंट...
भक्तपुरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरुले समेत सहभागिता जनाएको छ । भक्तपुर युवा...