भर्खरै :
वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित  | कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु | आन्दोलनमा लुटपाट गरिएको तस्बिर, भिडियो पठाउन प्रहरीको अनुरोध  | जेन-जी प्रदर्शन: पोस्टमार्टम गरेर शव हस्तान्तरण  | गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै | बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने |

भक्तपुर अस्पतालमा न्युरो उपचार सेवाको लागी एक करोड बजेट विनियोजन

  • ख्वपखबर
  • जेष्ठ ४, २०८२

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालमा न्युरो उपचार सेवाको लागी एक करोड बजेट विनियोजन भएको बताएका छन् । आइतबार सिटी स्क्यान र मेमोग्राफी सेवाको उद्घाटन गर्दै सेवा शूभारम्भ गर्ने क्रममा मन्त्री थापाले सो जानकारी दिएका हुन् ।


मन्त्री थापाले यसै आर्थिक वर्ष अस्पतालमा न्युरो उपचार सेवाको लागी एक करोड बजेट विनियोजन गरिएको बताएका छन् । उनले भने, “भक्तपुर अस्पताल वाग्मती प्रदेशकै उत्कृष्ट बन्न सफल भएको अस्पताल हो । यो अस्पताललाई आगामी दिनमा पनि उत्कृष्ट बनाउनको लागि न्युरो उपचार सेवा संचालन गर्नको लागि अस्ति भर्खरै वाग्मती प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । योसंगै थप अन्य सेवाहरु पनि सुरु हुँदै छ ।”


अस्पतालमा आजबाट मानसिक बार्ड, बर्थिङ बार्ड र पीआईसियु वार्ड समेत सूरु भएको हो । भक्तपुर अस्पतालमा अस्पताल स्थापना भएको १ सय २१ बर्ष पछि बल्ल आजबाट सिटी स्क्यान र मेमोग्राफी सेवा सुरु भएको हो ।


स्वास्थ्यमन्त्री थापाले भक्तपुर अस्पतालले मदनभण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठान र हेटौडा अस्पतालमा संयुक्त टेलिमेडिसिन सेवा सुरु गर्ने समेत बताएका छन् । यस टेलिमेडिसिन सेवाबाट प्रदेशभरिका आधारभूत अस्पतालहरु लाभाम्वित हुने उनको भनाइ छ ।


वाग्मती प्रदेश सरकारले ८ करोड रुपैयाँमा सिटी स्क्यान मेसिन खरिद गरेको बताउँदै अब अस्पतालमै ५ वटा डाईलाइसिस मेसिन, आँखाको विशेषिकृत सेवा समेत सुरु हुने जनाएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित