भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुर अस्पतालमा न्युरो उपचार सेवाको लागी एक करोड बजेट विनियोजन

  • ख्वपखबर
  • जेष्ठ ४, २०८२

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालमा न्युरो उपचार सेवाको लागी एक करोड बजेट विनियोजन भएको बताएका छन् । आइतबार सिटी स्क्यान र मेमोग्राफी सेवाको उद्घाटन गर्दै सेवा शूभारम्भ गर्ने क्रममा मन्त्री थापाले सो जानकारी दिएका हुन् ।


मन्त्री थापाले यसै आर्थिक वर्ष अस्पतालमा न्युरो उपचार सेवाको लागी एक करोड बजेट विनियोजन गरिएको बताएका छन् । उनले भने, “भक्तपुर अस्पताल वाग्मती प्रदेशकै उत्कृष्ट बन्न सफल भएको अस्पताल हो । यो अस्पताललाई आगामी दिनमा पनि उत्कृष्ट बनाउनको लागि न्युरो उपचार सेवा संचालन गर्नको लागि अस्ति भर्खरै वाग्मती प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । योसंगै थप अन्य सेवाहरु पनि सुरु हुँदै छ ।”


अस्पतालमा आजबाट मानसिक बार्ड, बर्थिङ बार्ड र पीआईसियु वार्ड समेत सूरु भएको हो । भक्तपुर अस्पतालमा अस्पताल स्थापना भएको १ सय २१ बर्ष पछि बल्ल आजबाट सिटी स्क्यान र मेमोग्राफी सेवा सुरु भएको हो ।


स्वास्थ्यमन्त्री थापाले भक्तपुर अस्पतालले मदनभण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठान र हेटौडा अस्पतालमा संयुक्त टेलिमेडिसिन सेवा सुरु गर्ने समेत बताएका छन् । यस टेलिमेडिसिन सेवाबाट प्रदेशभरिका आधारभूत अस्पतालहरु लाभाम्वित हुने उनको भनाइ छ ।


वाग्मती प्रदेश सरकारले ८ करोड रुपैयाँमा सिटी स्क्यान मेसिन खरिद गरेको बताउँदै अब अस्पतालमै ५ वटा डाईलाइसिस मेसिन, आँखाको विशेषिकृत सेवा समेत सुरु हुने जनाएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित