२०८३ को नीति तथा कार्यक्रम हुबहु २०८१ सालकै रहेको नेता शाहीको दाबी
- बैशाख २९, २०८३
- ख्वपखबर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...

वाग्मती प्रदेशका माननीय सुरेश श्रेष्ठले वरिष्ठ कलाकार मदन दास श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले बिहिवार चाँगुनारायण नगरपालिकामा एकल डान्स प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सो खुसी व्यक्त गरेका हुन् ।
उनले भने, “द राइजिङ नेपाल डान्स सेन्टरबाट जिल्ला व्यापी एकल डान्स प्रतियोगितामा सिनियर कलाकार मदन दास श्रेष्ठ दाईलाई सम्मान गर्न पाउँदा सबै भन्दा बाल्य कालमा रेडियोमा दाईको नाटक कहिले आउछ भनेर सुन्दै बस्दै र उहाँलाई आज प्रत्यक्ष भेटेर सम्मान गर्ने अवसर पाइयो । मैले आफुलाई एकदम गर्वान्वीत महशुस गरेको छु । दाई प्रति एकदम आभार पनि छु।”
राइजिङ स्टार डान्स नेपालले देशको गहना कलाकारहरुलाई सम्मान गर्नेदेखि लिएर लुकेर बसेको समाजमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको माननीय श्रेष्ठको भनाइ छ ।
उनले भने, “राइजिङ स्टार डान्स नेपालले देशको गहना कलाकारहरुलाई सम्मान गर्नेदेखि लिएर लुकेर बसेको, समाजमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्नको लागि जुन किसिमको जिल्ला व्यापी एकल नृत्य प्रतियोभिता गरेको छ । यसमा नगरकोट भ्रमण वर्षको सफलता संगसंगै नगरकोट भ्रमण वर्षलाई नै जोडेर जिल्ला भरिका आफ्नो नृत्यको प्रतिभा प्रतियोगिता मार्फत आफ्नो प्रतिभा क्षमता देखाउने अवसर दिएको छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सुकुमबासी तथा अव्यवस्थित बस्ती हटाउने कार्यबारे सरकारसँग स्पष्टीकरण माग गर्दै...
इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन...