काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

वाग्मती प्रदेशका माननीय सुरेश श्रेष्ठले वरिष्ठ कलाकार मदन दास श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले बिहिवार चाँगुनारायण नगरपालिकामा एकल डान्स प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सो खुसी व्यक्त गरेका हुन् ।
उनले भने, “द राइजिङ नेपाल डान्स सेन्टरबाट जिल्ला व्यापी एकल डान्स प्रतियोगितामा सिनियर कलाकार मदन दास श्रेष्ठ दाईलाई सम्मान गर्न पाउँदा सबै भन्दा बाल्य कालमा रेडियोमा दाईको नाटक कहिले आउछ भनेर सुन्दै बस्दै र उहाँलाई आज प्रत्यक्ष भेटेर सम्मान गर्ने अवसर पाइयो । मैले आफुलाई एकदम गर्वान्वीत महशुस गरेको छु । दाई प्रति एकदम आभार पनि छु।”
राइजिङ स्टार डान्स नेपालले देशको गहना कलाकारहरुलाई सम्मान गर्नेदेखि लिएर लुकेर बसेको समाजमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको माननीय श्रेष्ठको भनाइ छ ।
उनले भने, “राइजिङ स्टार डान्स नेपालले देशको गहना कलाकारहरुलाई सम्मान गर्नेदेखि लिएर लुकेर बसेको, समाजमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्नको लागि जुन किसिमको जिल्ला व्यापी एकल नृत्य प्रतियोभिता गरेको छ । यसमा नगरकोट भ्रमण वर्षको सफलता संगसंगै नगरकोट भ्रमण वर्षलाई नै जोडेर जिल्ला भरिका आफ्नो नृत्यको प्रतिभा प्रतियोगिता मार्फत आफ्नो प्रतिभा क्षमता देखाउने अवसर दिएको छ।”
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...