भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

वरिष्ठ कलाकार श्रेष्ठलाई सम्मान गर्न पाउँदा माननीय श्रेष्ठ हर्षित

  • ख्वपखबर
  • जेष्ठ २, २०८२

वाग्मती प्रदेशका माननीय सुरेश श्रेष्ठले वरिष्ठ कलाकार मदन दास श्रेष्ठलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले बिहिवार चाँगुनारायण नगरपालिकामा एकल डान्स प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सो खुसी व्यक्त गरेका हुन् ।

उनले भने, “द राइजिङ नेपाल डान्स सेन्टरबाट जिल्ला व्यापी एकल डान्स प्रतियोगितामा सिनियर कलाकार मदन दास श्रेष्ठ दाईलाई सम्मान गर्न पाउँदा सबै भन्दा बाल्य कालमा रेडियोमा दाईको नाटक कहिले आउछ भनेर सुन्दै बस्दै र उहाँलाई आज प्रत्यक्ष भेटेर सम्मान गर्ने अवसर पाइयो । मैले आफुलाई एकदम गर्वान्वीत महशुस गरेको छु । दाई प्रति एकदम आभार पनि छु।”

राइजिङ स्टार डान्स नेपालले देशको गहना कलाकारहरुलाई सम्मान गर्नेदेखि लिएर लुकेर बसेको समाजमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको माननीय श्रेष्ठको भनाइ छ ।

उनले भने, “राइजिङ स्टार डान्स नेपालले देशको गहना कलाकारहरुलाई सम्मान गर्नेदेखि लिएर लुकेर बसेको, समाजमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्नको लागि जुन किसिमको जिल्ला व्यापी एकल नृत्य प्रतियोभिता गरेको छ । यसमा नगरकोट भ्रमण वर्षको सफलता संगसंगै नगरकोट भ्रमण वर्षलाई नै जोडेर जिल्ला भरिका आफ्नो नृत्यको प्रतिभा प्रतियोगिता मार्फत आफ्नो प्रतिभा क्षमता देखाउने अवसर दिएको छ।”

Your email address will not be published. Required fields are marked *

सम्बन्धित