“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

भक्तपुरको गठ्ठाघरमा जेठ चार गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ । पितृमुक्तिको लागि १३ दिनसम्म कियाकर्म गर्न अधुरो रहेको पृतिमुक्ति भवन निर्माण पुरा गर्न गठ्ठाघरमा श्रीमद् भागवत महायज्ञ हुने भएको हो ।
महायज्ञ स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अधुरो यो भवन पुरा गर्न महायज्ञ लगाउन लागेको सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको छ ।
जेठ ४ देखि सुुरु हुने महायज्ञमा मञ्जरी राधिका दाशीले कथाबाचन गर्न सो श्रीमतद् भागवत १० गतेसम्म सञ्चालन हुनेछ ।
‘किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न “अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने” भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागेका छौ,”उनले भने ।
महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाएको उनले जानकारी दिए । २०६९ सालको पुरानबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो । “भवन निर्माण गर्न धेरै समाजसेवीहरुसंग सहयोग संलकन गर्यौ तर, पुरा गर्न नसकेकोले अधुरो भवन पुरा गर्ने उद्येश्यले पुनः महायज्ञ लगाउनु परेको हो,” सुवेदीले भने, “महायज्ञबाट दुई करोड भन्दा बढी संकलन गर्ने लक्ष्य लिएको यहाहरुलाई जानकारी गराउँदछौं । महायज्ञबाट उठेको रकमबाट बहुउद्येशीय यो भवन बनाउन हामी सफल हुनेछौं । यो अधुरो भवन बनाउन आवश्यक पर्ने आर्थिक सहयोग गर्न दाताहरु आतुर हुनुहुन्छ ।” दाताले दिएको सहयोगको आधारमा सम्मानको बिशेष व्यवस्था मिलाएका उनको भनाइ छ ।
पाँच आना दुई पैसा जग्गामा तीन तला भवन निर्माण भइसकेको छ । भवन निर्माण, शौचालय, ढिकोरो उठाउन सहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताउनुभयो । “अधुरो भवन निर्माण गर्न १६ लाख अहिले पनि ऋण छ,” उनले भने, “ऋण तिर्न र नयाँ संरचना बनाउन पनि महायज्ञ लगाउनु परेको हो ।”
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...
भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको आज...