“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

भक्तपुरको लोकप्रिय जू जू धौमा अखाद्य वस्तु मिसावट नभएको पुष्टि भएको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक प्रेस नोट सार्वजनिक गरि जू जू धौमा अखाद्य मिसावट नभएको पुष्टि गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले विभिन्न सामाजिक संजाल तथा संचार माध्यममा जू जू धौमा टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु नरहेको बताएका छन् ।
उनका अनुसार सामाजिक संजालमा अखाद्य बस्तु हो कि भनी विभिन्न सामाग्रीहरु प्रकाशन/प्रसारण भइरहेको भनि श्री जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट जानकारी प्राप्त भइ मिति २०८२/०१/२६ गते यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, पत्रकार महासंघका प्रतिनिधिहरु लगायतको संयुक्त अनुगमन टोलीले भक्तपुर नगरपालिका वार्ड नं. २. व्यासी स्थित रहेका लक्ष्मी दहि भण्डार, सैंजु दुग्ध उद्योग लगायतका डेरी तथा जू जू धौ उत्पादन तथा विक्री वितरण गर्ने उद्योगहरुको निरीक्षण तथा अनुगमन गरिएको थियो ।
“सो निरीक्षण तथा अनुगमनको क्रममा अनुगमन टोलीले स्थलगत रुपमै जू जू धौमा अखाद्य वस्तुहरु टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु मिसिएको वा नमिसिएको परिक्षण गरियो । स्थलगत परिक्षणवाट सो उद्योगबाट उत्पादिन जू जू धौमा सामाजिक संजालमा देखिएको जस्तो टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु लगायतका कुनैपनि कैफियत नभेटिएको जानकारी गराइन्छ । यसका साथै उद्योगहरुको उत्पादन स्थल, विक्री वितरण कक्ष, उत्पादन भइरहेको तथा विक्री वितरणको लागि तयारी अवस्थामा रहेका जू जू धौ तथा जू जू धौ उत्पादनको लागि आवश्यक कच्चा पदार्थहरुको निरीक्षण गर्ने क्रममा समेत कैफियत नभेटिएको जानकारी गराइन्छ ।”, विभागबाट प्रकशित प्रेस नोटमा उल्लेख गरिएको छ ।
यस प्रकारको भ्रामक तथा तथ्यहिन भिडियोहरु सामाजिक संजालमा पोष्ट गर्दा उद्योगहरुलाई नकारात्मक असर गरि राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल प्रभाव पर्ने भएकोले सम्पुर्ण सामाजिक संजाल प्रयोगकर्ताहरुलाई खाद्य वस्तुको गुणस्तर तथा स्वच्छता सम्बन्धी कन्टेन्टहरु प्रेशित गर्दा सजग तथा जिम्मेवार रहनु हुन विभागले सुचित गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि पनि उजुरी तथा गुनासो भए विभाग तथा मातहतका कार्यालय सुचना दिनुहुन समेत अधिकृत धितालले अनुरोध गरेका छन् ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधानहरुको परिपालना गरि मात्र खाद्य पदार्थ उत्पादन तथा विक्रि वितरण गर्नु गराउनु हुन सम्पुर्ण खाद्य व्यवसायीहरुलाई विभागले अनुरोध गरेको छ ।

बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...
भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको आज...