अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

महानगरीय प्रहरी वृत्त जगातीले ७२ लाख ३६ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । अवैध रूपमा लुकाएर ल्याएको लत्ताकपडा सहितकाे ट्रक बरामद गरिएकाे प्रहरी परिसर भक्तपुरले जनाएको हो ।
आज बिहान करिब १० बजे काभ्रेबाट आउँदै गरेकाे बा ४ ख ७६० नम्बरको ट्रकमा भुसकाे बोरा भित्र लुकाएर ल्याएकाे कुर्टा सलवार , पाईन्ट सर्त लगाएतका लत्ताकपडा र प्लम्विङका सामान सहित ट्रक नियन्त्रणमा लिएकाे महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरिक्षक माधव बुढाथाेकीले जानकारी दिएका छन् ।

बरामद गरिएका सामानहरू राजस्व कार्यालय पठाउने तयारीमा रहेकाे प्रहरी वृत्त जगातीले जनाएको हो । ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको छ । गाेप्य सुचनाकाे आधारमा चेकजांच गर्ने क्रममा लुकाई ल्याएकाे अवस्थामा उक्त सामान बरामद गरिएकाे हाे ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...