भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

७२ लाख ३६ हजार मूल्य बराबरको लत्ताकपडा बरामाद

  • ख्वपखबर
  • बैशाख २८, २०८२

महानगरीय प्रहरी वृत्त जगातीले ७२ लाख ३६ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । अवैध रूपमा लुकाएर ल्याएको लत्ताकपडा सहितकाे ट्रक बरामद गरिएकाे प्रहरी परिसर भक्तपुरले जनाएको हो ।

आज बिहान करिब १० बजे काभ्रेबाट आउँदै गरेकाे बा ४ ख ७६० नम्बरको ट्रकमा भुसकाे बोरा भित्र लुकाएर ल्याएकाे कुर्टा सलवार , पाईन्ट सर्त लगाएतका लत्ताकपडा र प्लम्विङका सामान सहित ट्रक नियन्त्रणमा लिएकाे महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरिक्षक माधव बुढाथाेकीले जानकारी दिएका छन् ।

बरामद गरिएका सामानहरू राजस्व कार्यालय पठाउने तयारीमा रहेकाे प्रहरी वृत्त जगातीले जनाएको हो । ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको छ । गाेप्य सुचनाकाे आधारमा चेकजांच गर्ने क्रममा लुकाई ल्याएकाे अवस्थामा उक्त सामान बरामद गरिएकाे हाे ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित