२०८३ को नीति तथा कार्यक्रम हुबहु २०८१ सालकै रहेको नेता शाहीको दाबी
- बैशाख २९, २०८३
- ख्वपखबर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...

भक्तपुर, भक्तपुरको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले क्षेत्रगत रुपमा आफ्नो ३१ औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शनिबार एकै दिन क्षेत्रगत रुपमा तीन ठाउँमा साधारणसभा सम्पन्न गरेको हो ।
नेपालकै अधिक सदस्य रहेको संस्थाको रुपमा परिचित यस संस्थाले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा साधारणसभा सम्पन्न गरेको छ । हाल संस्थामा १७ हजार ८ सय सदस्य रहेका छन् ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जनाबाट सुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुशी प्रकट गरे । विगतमा साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोहीअनुरुप साधारणसभा मितव्ययितापूर्वक सम्पन्न गरेको उनले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले प्रस्तुत गरेको आ.व. २०८१÷०८२ को श्रोत तथा उपयोग तर्फ तीन अर्ब छबिस करोड एकतीस लाख त्रिचालीस हजार एक सय नौ रुपैंयाँ र आय तथा व्यय तर्फ पच्चिस करोड चालिस लाख सन्तानब्बे हजार आठ सय पच्पन्न रुपैयाँको यथार्थ आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो ।
आ.व.२०८२÷०८३ को स्रोत तथा उपयोग तर्फ तीन अर्व छतीस करोड रुपैया र आय तथा व्यय तर्फ एक्काईस करोड अठहत्तर लाख बाह्र हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरु पारित गरेको थियो ।
कोषाध्यक्ष गोर्खालीले बदलिंदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१÷८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जनाए । यसवर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नु परेका कारणले पनि यस्तो भएको स्पष्ट पारे ।
संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ बचत तथा निक्षेप २ अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार ६ सय १३, सहकारी प्रवद्र्धन कोष १ लाख ६४ हजार, अन्य कोषहरु २ करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल ३ अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेश गरिन् ।
संस्थाका व्यवस्थापक शिला गोसाइँले नियमनकारी निकायबाट विभिन्न समयमा जारी भएका निर्देशन र मापदण्डको परिपालना गरेकै कारण सिद्धि गणेश सहकारी सुरक्षित रहेको र जनताको मनमनमा बस्न सफल भएको बताईन् ।
यस वर्ष संस्थाले पहिलो पटक संस्था बाहेकका अन्य अतिथिबिना नै साधारणसभा गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सुकुमबासी तथा अव्यवस्थित बस्ती हटाउने कार्यबारे सरकारसँग स्पष्टीकरण माग गर्दै...
इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन...