भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

शंकर नेशनल स्कुलको दिक्षान्त समारोह सम्पन्न

  • ख्वपखबर
  • जेष्ठ १८, २०८२

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटस्थित रहेको शंकर नेशनल स्कुलको दिक्षान्त समारोह सम्पन्न भएको छ । वि.सं.२०३७ सालमा स्थापना भएको भक्तपुरकै अग्रणी निजी विद्यालय शंकरले आफ्नो ४५ औं बार्षिकोत्सव मनाउने क्रममा प्ले ग्रुप देखि कक्षा ३ सम्मको दिक्षान्त समारोह सम्पन्न गरेको हो ।

विद्यालयका प्रिन्सिपल शरण चौंलागाईले विद्यालयले गुणस्तरीय शिक्षाका साथसाथै विद्यार्थीहरुलाई असल व्यक्तितब बनाउन संस्कारयुक्त शिक्षा र व्यवहारिक शिक्षालाई जोड दिएको बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहयोगका कारण विद्यालय आज यहाँसम्म आउन सफल भएकोमा हर्ष व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका संस्थापक मिनकुमार श्रेष्ठले राजर्शी गुरुकुल र काठमाडौं वल्र्ड स्कुल सरहको गुणस्तर कायम गरेपनि यस विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले अनुशासनमा नबस्ने विद्यार्थीहरूलाई तत्काल कारबाही गर्न पनि प्रशासनलाई निर्देशन दिने गरेको बताउँदै विद्यालयको भौतिक संरचनाहरूको निर्माण पनि गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कक्षा युकेजीबाट कक्षा १ मा जाने ५० जना विद्यार्थीहरु दिक्षित भएका थिए भने कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य, फेसन सो, गायन, नाटकलगायत कला प्रस्तुत गरिएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित