वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित
- भदौ २७, २०८२
- ख्वपखबर
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटस्थित रहेको शंकर नेशनल स्कुलको दिक्षान्त समारोह सम्पन्न भएको छ । वि.सं.२०३७ सालमा स्थापना भएको भक्तपुरकै अग्रणी निजी विद्यालय शंकरले आफ्नो ४५ औं बार्षिकोत्सव मनाउने क्रममा प्ले ग्रुप देखि कक्षा ३ सम्मको दिक्षान्त समारोह सम्पन्न गरेको हो ।
विद्यालयका प्रिन्सिपल शरण चौंलागाईले विद्यालयले गुणस्तरीय शिक्षाका साथसाथै विद्यार्थीहरुलाई असल व्यक्तितब बनाउन संस्कारयुक्त शिक्षा र व्यवहारिक शिक्षालाई जोड दिएको बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहयोगका कारण विद्यालय आज यहाँसम्म आउन सफल भएकोमा हर्ष व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक मिनकुमार श्रेष्ठले राजर्शी गुरुकुल र काठमाडौं वल्र्ड स्कुल सरहको गुणस्तर कायम गरेपनि यस विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले अनुशासनमा नबस्ने विद्यार्थीहरूलाई तत्काल कारबाही गर्न पनि प्रशासनलाई निर्देशन दिने गरेको बताउँदै विद्यालयको भौतिक संरचनाहरूको निर्माण पनि गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा कक्षा युकेजीबाट कक्षा १ मा जाने ५० जना विद्यार्थीहरु दिक्षित भएका थिए भने कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य, फेसन सो, गायन, नाटकलगायत कला प्रस्तुत गरिएको थियो ।
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ । मुलुकभर विद्यमान...
भक्तपुर, जेन्यूइन सेकेण्डरी स्कूलले ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ प्रदान गर्ने गर्ने भएको छ...