भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

मादी नदी किनारमा महिलाको बेवारिसे शव फेला

  • ख्वपखबर
  • मंसिर २९, २०८२

पाटनस्थित मादी नदीको किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा सो शव फेला परेको हो ।

नदीको पानीमा कोल्टो परेको अवस्थामा आइतबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानेको छ । मृतक महिलाको नाम, थर, र ठेगाना (वतन) हालसम्म खुल्न सकेको छैन । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले मृत महिलाको उमेर अन्दाजी ४० वर्ष रहेको अनुमान गरिएको बताए ।

स्थानीय बासिन्दाले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित