पत्रकारितामा मानवता
- पुस १७, २०८२
- लक्ष्मीधर गुरागाईं
एउटा युग थियो, त्यसबेला साहित्यलाई समाजको ऐना भनिन्थ्यो । आजको युगमा पत्रकारिताले साहित्यभन्दा एक...

हार्टस् फर नेपाल फाउण्डेशनको आयोजनामा सञ्चालन भएको “लिडरसिप कन्फ्रेन्स २०२६” कार्यक्रममा ‘बिल्ट ओर ब्रोकन’ नामक पुस्तक विमोचन गरिएको छ । आइतबार भक्तपुरस्थित जर्मन होम्स होटलमा सञ्चालन गरिएको कन्फ्रेन्समा सो पुस्तक विमोचन गरिएको हो ।
पुस्तकले नेतृत्वका सकारात्मक तथा नकारात्मक प्रभावलाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरेको छ । नेतृत्व केवल मानिसहरूलाई प्रभाव पार्ने वा लोकप्रिय बन्ने माध्यम मात्र नभई व्यवस्थित संरचना निर्माण, जिम्मेवारी निर्धारण, अनुशासन कायम र जवाफदेहिता सुनिश्चित गर्ने प्रक्रिया भएको पुस्तकका लेखक डेनिस कमिन्सले जानकारी दिएक छन् ।

नेतृत्वले कुनै संस्था, समाज वा राष्ट्रलाई निर्माणको दिशामा लैजान पनि सक्ने र गलत नेतृत्वका कारण विघटन तथा कमजोर बन्ने अवस्थामा पुर्याउन पनि सक्ने कमिन्सले जनाए ।
विशेषगरी युवा पुस्ताले नेतृत्वका विषयमा गहिरो बुझाइ विकास गर्न आवश्यक रहेको बताउँदै ‘बिल्ट ओर ब्रोकन’ पुस्तक नेतृत्व क्षमता अभिवृद्धि गर्न चाहनेहरूका लागि उपयोगी हुने लेखकले दाबी गरे । उनले नेतृत्वको जिम्मेवारी लिने प्रत्येक व्यक्तिले आफ्नो नेतृत्वले संस्था, समुदाय र समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा निरन्तर आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन् ।

विभिन्न क्षेत्रका तीन सयभन्दा बढी युवा व्यवसायी, उद्यमी, नेतृत्वकर्ता तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनमा प्रभावकारी नेतृत्व, नेतृत्वका चुनौती, निर्णय क्षमता, जिम्मेवारी, अनुशासन, संस्थागत विकास तथा आधुनिक प्रविधिको प्रयोग लगायतका विषयमा प्रशिक्षण तथा अनुभव आदान-प्रदान गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेतृत्वकर्ता तथा व्यवसायी समेत रहेका डेनिस कमिन्सले सहभागीहरूलाई प्रभावकारी तथा जिम्मेवार नेतृत्वका विभिन्न आयामबारे प्रशिक्षण दिए । नेतृत्व भनेको केवल पद, प्रभाव वा लोकप्रियताको विषय नभई जिम्मेवारी, अनुशासन, सही निर्णय र जवाफदेहितासँग जोडिएको विषय भएको उनको भनाइ छ ।

सम्मेलनका क्रममा सहभागीहरूलाई वास्तविक नेतृत्व सीपको विकास, विवेकपूर्ण निर्णय क्षमता, चुनौतीपूर्ण परिस्थितिमा नेतृत्व गर्ने तरिका, संस्थागत विकास तथा नेतृत्वमा आवश्यक अनुशासन र जवाफदेहिता लगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । त्यस्तै, पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई आफ्नो संस्था, व्यवसाय तथा सेवामा प्रभावकारी रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेतृत्वका सैद्धान्तिक पक्षसँगै व्यवहारिक अनुभवलाई समेत प्राथमिकता दिइएको थियो । सहभागीहरूले विभिन्न क्षेत्रका नेतृत्वकर्तासँग अनुभव आदान-प्रदान गर्नुका साथै आफूले सामना गरिरहेका नेतृत्वसम्बन्धी चुनौती र त्यसका सम्भावित समाधानबारे सिक्ने अवसर प्राप्त गरेका थिए ।
एउटा युग थियो, त्यसबेला साहित्यलाई समाजको ऐना भनिन्थ्यो । आजको युगमा पत्रकारिताले साहित्यभन्दा एक...
कात्तिक १७, त्रिभुवन विश्वविद्यालय कानुन संकायअन्तर्गतको एलएलबी तेस्रो वर्षको नतिजा सार्वजनिक भएको दिन । मेरा...
फेवातालको किनारमा आज बिहान एक्लै बसें। पानीमा अन्नपूर्णको प्रतिबिम्ब देख्दा लाग्यो, यो सुन्दरता कुनै...