चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मीको असन्तुष्टि
- पुस ९, २०८२
- ख्वपखबर
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र...
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा सञ्चालित ‘फिस टनेल एक्स्पो २०८२’मा सम्पन्न भएको छ । ५५ हजार पयर्टकहरुले अवलोकन गरेको एक्स्पो आइतबार सम्पन्न गरेको हो ।
औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोमा मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सकिने, टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको थियो । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत भएको र दुर्लभ तथा रंगीन समुद्रमा पाइने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

साउन १० गतेसम्म संचालन भएको यस एक्सपोमा बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यमको रुपमा युवावर्गका निमित्त सुनामी राइड भएकाले विभिन्न जिल्लाका स्थानीय पर्यटनहरु आएर राम्रै प्रतिक्रिया दिएको पनि उनले जानकारी गराए ।
नौलो अनूभूति हुने आन्तरिक पर्यटनको प्रवद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने र स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिने उद्देश्य रहेको यस एक्स्पोले विद्यालयहरुलाई पनि शैक्षिक अवलोकनमा आउँदा विशेष छुट दिएर विद्यार्थी भाइबहिनीहरुलाई यहाँ राखिएका दुर्लभ तथा रंगीन समुद्रमा पाइने १ सय ६० प्रजातिका माछा बारेमा जानकारी दिईएको थियो ।
बेवारिसे सडक जनावरको संरक्षणको लागि आर्थिक सहयोग

सारा जनावर उद्दार केन्द्र नेपाल जसले घाइते भएका, छाडा छोडिएका जनावरहरुलाई दैनिकी खाना खुवाउने, उपचार गर्ने एवं एन्डिभाइटिक, रेविजका सुइहरु लगाउने काम गर्छ उक्त संस्थालाई औद्योगिक शान्ति नेपाल संस्थाले रु.९०००।– आर्थिक सहयोग गरेको छ । अध्यक्ष महतले भने, ‘बेवारिसे जनावरलाई खाना खुवाउन हामी फिस टनेल आयोजकको तर्फबाट सहयोग गरेका हौं ।’
त्यस्तै गरि आडाम्स संगम कोलिनीलाई पनि रु. ५१०००।– आर्थिक सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष महतले बताए । उनले आगामी दिनमा पनि विभिन्न मनोरञ्जात्मक खेल र थप प्रजातीका माछासहित फिसटनेल एक्सो सञ्चालनमा ल्याइने पनि जानकारी दिएका छन् ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र...
गायक तथा र्यापर आश्मान केसीको ‘च्वाप्प मोइ’ गीत सार्वजनिक भएको छ । काठमाडाैंमा सार्वजनिक...
भक्तपुर: संगीतकार कपिल कसपालको तीजको अवसरमा ‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक भएको छ...