भर्खरै :
५८ करोडको भ्रष्टाचार : प्रमुख थापासहित १२ विरुद्ध मुद्दा दर्ता | डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको कदम | नेसनल प्याव्सनको वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड र युनिटी विजयी | जितेन्द्र रसिकको बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक | अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथि चुनौती : राष्ट्रपति पौडेल | गोदावरी नगरपालिकाका इन्जिनियर विष्टविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा | गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता | जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न नेमकिपाका उम्मेदवार सुवालको आग्रह | स्वास्थ्य मन्त्री शर्माद्वारा डडेल्धुरा अस्पतालको अनुगमन तथा निरीक्षण | “चुनावमा उठ्ने नउठ्ने निर्णय गरेको छैन ।” |

पानी बिक्रि वितरण नरोकिएपछि पानी उद्योगमा तालाबन्दी

  • ख्वपखबर
  • साउन १२, २०८२

भक्तपुर झौखेलका ५ वटा खानेपानी कम्पनीलाई पानी बिक्रि वितरणमा रोक लगाएको छ । चाँगुनारायण नगरपालिक वडा नं.३ झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी कम्पनी मा कोलिफार्म भेटिएपछि पानी बिक्रि वितरणमा रोक लगाएको हो ।

खानेपानी कम्पनीमा कोलिफार्म भेटिएपछि पानी बिक्रि वितरणमा रोक लगाए पनि पानी उद्योगले पानी विक्री गरेको पाइएपछि आइतबार तालाबन्दी गरेको छ । झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी उद्योगलाई बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको थियो । तर विक्रि वितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मंच तथा उद्योग बाणिज्य संघले संयुक्त रुपमा अनुगमन गरि उद्योगहरुमा तालाबन्दी गरेको हो ।

उपप्रमुख एवं अनुगमन समितिका संयोजक बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन उद्योग पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उद्योगीहरुले जनस्वास्थ्यमा गम्भिर असर गर्ने खालको गतिविधि बढाए स्थानीय ऐन अनुसारको कारवाही प्रकृया अगाडी बढाउने समेत उपप्रमुख बुढाथोकीले बताए ।

अनुगमन टोलीले एसएन टप वेभरेज प्रा.लि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रा.लि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रा.लि, झौखेल उच्च वेभरेज प्रा.लि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्रा.ली का पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमणका क्रममा भक्तपुर नेचुरल वाटर प्रा.ली बाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री बितरणमा रोक लगाएको हो । ५ वटा कम्पनीले सोमवार भित्र ल्याव टेस्ट रिपोट नगरपालिकामा पेश गरेपछि नगरपालिकले पुन पानी परिक्षण गरेपछि मात्रै बिक्रि खुल्ला गर्न सकिने नगरपालिकाले बताउँदै आएको थियो । तर आइतबार विहान देखि नै बन्द उद्योग भित्र बाट पानी विक्रि भएको पाएपछि पुन अुनगमण तिव्र बनाएको हो ।

यस्तै अनुगमण टोलीले आइतबार नै झौखेलका पाँच वटा थप उद्योगको अनुगमण गरि पानीको नमुना संकलन गरि नगरपालिकाले परिक्षणका लागि लगिएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित