भक्तपुरमा तीन पत्रकार सम्मानित
- पुस २४, २०८२
- ख्वपखबर
भक्तपुरमा लामो समय देखि पत्रकारितामा लागि परेका तीन जना पत्रकार सम्मानित भएका छन् ।...
भक्तपुर झौखेलका ५ वटा खानेपानी कम्पनीलाई पानी बिक्रि वितरणमा रोक लगाएको छ । चाँगुनारायण नगरपालिक वडा नं.३ झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी कम्पनी मा कोलिफार्म भेटिएपछि पानी बिक्रि वितरणमा रोक लगाएको हो ।
खानेपानी कम्पनीमा कोलिफार्म भेटिएपछि पानी बिक्रि वितरणमा रोक लगाए पनि पानी उद्योगले पानी विक्री गरेको पाइएपछि आइतबार तालाबन्दी गरेको छ । झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी उद्योगलाई बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको थियो । तर विक्रि वितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मंच तथा उद्योग बाणिज्य संघले संयुक्त रुपमा अनुगमन गरि उद्योगहरुमा तालाबन्दी गरेको हो ।

उपप्रमुख एवं अनुगमन समितिका संयोजक बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन उद्योग पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उद्योगीहरुले जनस्वास्थ्यमा गम्भिर असर गर्ने खालको गतिविधि बढाए स्थानीय ऐन अनुसारको कारवाही प्रकृया अगाडी बढाउने समेत उपप्रमुख बुढाथोकीले बताए ।
अनुगमन टोलीले एसएन टप वेभरेज प्रा.लि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रा.लि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रा.लि, झौखेल उच्च वेभरेज प्रा.लि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्रा.ली का पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमणका क्रममा भक्तपुर नेचुरल वाटर प्रा.ली बाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री बितरणमा रोक लगाएको हो । ५ वटा कम्पनीले सोमवार भित्र ल्याव टेस्ट रिपोट नगरपालिकामा पेश गरेपछि नगरपालिकले पुन पानी परिक्षण गरेपछि मात्रै बिक्रि खुल्ला गर्न सकिने नगरपालिकाले बताउँदै आएको थियो । तर आइतबार विहान देखि नै बन्द उद्योग भित्र बाट पानी विक्रि भएको पाएपछि पुन अुनगमण तिव्र बनाएको हो ।
यस्तै अनुगमण टोलीले आइतबार नै झौखेलका पाँच वटा थप उद्योगको अनुगमण गरि पानीको नमुना संकलन गरि नगरपालिकाले परिक्षणका लागि लगिएको छ ।
भक्तपुरमा लामो समय देखि पत्रकारितामा लागि परेका तीन जना पत्रकार सम्मानित भएका छन् ।...
चाँगुनारायण नगरपालिका–९ ताथलीमा वडाको शान्ति सुरक्षा तथा नागरिक–प्रहरी सम्बन्धलाई केन्द्रमा राखेर नागरिक सुनुवाइ कार्यक्रम...
बागमती प्रदेशका माननीय संस्कृती तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले क्यान्सर अस्पताल निर्माणको...