भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक

  • ख्वपखबर
  • साउन २२, २०८२

भक्तपुर: संगीतकार कपिल कसपालको तीजको अवसरमा ‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक भएको छ । काठमाडौंको होटल शंकरमा एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको उक्त गीतमा कसपालकै शब्द रहेको छ ।

गीतमा गायिका टुना थापाले कसपालको साथ दिएका थिए । बि बि अनुरागीको संगीत रहेको यस गीतको भिडियो निर्देशन गम्भीर बिष्टले गरेका हुन् भने कोरियोग्राफी पुनम श्रेष्ठले गरेकी हुन् । राग रागिनी इन्टरटेन्मेन्ट प्रा.लि. को व्यानरमा तयार पारिएका उक्त तीजको गीतसँगै अर्काे २ वटा गीत ‘नेपालको छोरा’ र ‘नेपालकी छोरी’ पनि सार्वजनिक गरिएको हो ।

राग रागिनी इन्टरटेन्मेन्टका कार्यकारी अध्यक्ष कपिल कसपालको सभापतित्व र पूर्व अर्थमन्त्री एवं गीतकार एस.पि. कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री कोइरालाले गायिका टुना थापा एवं गायक कपिल कसपालले साँस्कृतिक एवं देशभक्ति भावमा रचना गर्नुभएको यो ३ वटा गीत प्रशंसायोग्य रहेको बताए । उनले आगामी दिनमा पनि यस्तै सरल र देशभाव एवं हाम्रो कला संस्कृति जोगाइराख्ने गीत सार्वजनिक गर्नु हुने आशा रहेको बताउँदै यो ३ वटा गीतको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष कपिल कसपालले ‘छमछम पाउजु खनखन चुरा’ तीजको रौनक एवं नारी सशक्तिकरण झल्काउने, ‘नेपालको छोरा’ र ‘नेपालकी छोरी’ देशभक्ति भावना दर्साउने उद्देश्यका साथ यो तीनै वटा गीत सार्वजनिक गरिएको जानकारी दिए । उनले नेपालको छोरा गीतमा शब्द र स्वर आफ्नो रहेको बताउँदै नेपालकी छोरी गीतमा भने शब्द आफ्नो र स्वर भने गायिका टुना थापाको रहेको जनाए ।

साथै यो दुई वटै गीतको संगीत संयोजन बरिष्ठ संगीतकार भुपेन्द्र रायामाझी गरेको हो भने भिडियोको निर्देशन निशान एस के ले गरेका हुन् । उनले यो तीनवटै गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युबमा हेर्न सकिने जानकारी दिए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित