भर्खरै :
५८ करोडको भ्रष्टाचार : प्रमुख थापासहित १२ विरुद्ध मुद्दा दर्ता | डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको कदम | नेसनल प्याव्सनको वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड र युनिटी विजयी | जितेन्द्र रसिकको बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक | अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथि चुनौती : राष्ट्रपति पौडेल | गोदावरी नगरपालिकाका इन्जिनियर विष्टविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा | गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता | जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न नेमकिपाका उम्मेदवार सुवालको आग्रह | स्वास्थ्य मन्त्री शर्माद्वारा डडेल्धुरा अस्पतालको अनुगमन तथा निरीक्षण | “चुनावमा उठ्ने नउठ्ने निर्णय गरेको छैन ।” |

‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक

  • ख्वपखबर
  • साउन २२, २०८२

भक्तपुर: संगीतकार कपिल कसपालको तीजको अवसरमा ‘छमछम पाउजु खनखन चुरा’ गीत सार्वजनिक भएको छ । काठमाडौंको होटल शंकरमा एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको उक्त गीतमा कसपालकै शब्द रहेको छ ।

गीतमा गायिका टुना थापाले कसपालको साथ दिएका थिए । बि बि अनुरागीको संगीत रहेको यस गीतको भिडियो निर्देशन गम्भीर बिष्टले गरेका हुन् भने कोरियोग्राफी पुनम श्रेष्ठले गरेकी हुन् । राग रागिनी इन्टरटेन्मेन्ट प्रा.लि. को व्यानरमा तयार पारिएका उक्त तीजको गीतसँगै अर्काे २ वटा गीत ‘नेपालको छोरा’ र ‘नेपालकी छोरी’ पनि सार्वजनिक गरिएको हो ।

राग रागिनी इन्टरटेन्मेन्टका कार्यकारी अध्यक्ष कपिल कसपालको सभापतित्व र पूर्व अर्थमन्त्री एवं गीतकार एस.पि. कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री कोइरालाले गायिका टुना थापा एवं गायक कपिल कसपालले साँस्कृतिक एवं देशभक्ति भावमा रचना गर्नुभएको यो ३ वटा गीत प्रशंसायोग्य रहेको बताए । उनले आगामी दिनमा पनि यस्तै सरल र देशभाव एवं हाम्रो कला संस्कृति जोगाइराख्ने गीत सार्वजनिक गर्नु हुने आशा रहेको बताउँदै यो ३ वटा गीतको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष कपिल कसपालले ‘छमछम पाउजु खनखन चुरा’ तीजको रौनक एवं नारी सशक्तिकरण झल्काउने, ‘नेपालको छोरा’ र ‘नेपालकी छोरी’ देशभक्ति भावना दर्साउने उद्देश्यका साथ यो तीनै वटा गीत सार्वजनिक गरिएको जानकारी दिए । उनले नेपालको छोरा गीतमा शब्द र स्वर आफ्नो रहेको बताउँदै नेपालकी छोरी गीतमा भने शब्द आफ्नो र स्वर भने गायिका टुना थापाको रहेको जनाए ।

साथै यो दुई वटै गीतको संगीत संयोजन बरिष्ठ संगीतकार भुपेन्द्र रायामाझी गरेको हो भने भिडियोको निर्देशन निशान एस के ले गरेका हुन् । उनले यो तीनवटै गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युबमा हेर्न सकिने जानकारी दिए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित