२०८३ को नीति तथा कार्यक्रम हुबहु २०८१ सालकै रहेको नेता शाहीको दाबी
- बैशाख २९, २०८३
- ख्वपखबर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...

काठमाडौं: नेपाल-श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यम लगायतका विषयमा हस्ताक्षर भएको छ । नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितीमा भएको जुम मिटिङ मार्फत नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनएससिसिआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्शका एम. शिहम मारिकर (महासचिव/प्रमुख कार्यकारी अधिकृत) बीच हस्ताक्षर भएको हो ।
यो सम्झौता ऐतिहासिक भएको भन्दै मुनासिंघेले आगामी दिनमा दुई मुलुकबीच व्यवसायिक गतिविधी बढ्ने धारणा राखिन् । आउँदो सेप्टेम्बर १८ देखि २१ मा श्रीलंकामा इण्डष्ट्रियल एक्स्पो हुने भएको छ । उक्त एक्स्पोमा नेपालका प्रतिनिधीमण्डल सहभागी हुने भएका छन् । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो हुने र श्रीलंकाका प्रतिनिधी सहभागी हुने भएका छन् ।
दुई मुलुकबीच सेवा र औद्योगिक सहयोग बढाउने साझा चाहनालाई ध्यानमा राख्दै दुई संस्थाहरूबीच सम्झौता भएको हो । सम्झौतापत्रमा हस्ताक्षरपछि दुई संस्थाका सदस्यहरू एकअर्काको मुलुकमा व्यक्तिगत एवं सामुहिक भ्रमण गर्न सक्नेछन् । त्यसरी गरिने भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधी बढाउनुका साथै दुई देशहरूसँग सम्बन्धित बजार संग सम्बन्धित तथ्याङ्क, आर्थिक विकास पहलहरू, विदेशी व्यापार र लगानी नीतिहरूमा नियमित रूपमा छलफल हुने भएको छ ।
व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यवसायीक समूहहरूको आदानप्रदानका साथै ब्यापार प्रवद्र्धनका सम्भाव्य गन्तब्यका बारेमा थप छलफल गरिने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतापत्रमा दुई मुलुकबीच व्यापार, लगानी र औद्योगिक सहयोगको मात्रा बढाउने माध्यमहरूको खोजी गर्ने, एकअर्काको देशमा व्यापार मेला, प्रदर्शनी आयोजना गर्न प्रोत्साहन गर्ने योजना रहेको छ ।
सम्भव र उपयुक्त भएसम्म, सूचना आदानप्रदान गर्ने र एकअर्कालाई सहयोग गर्नुका साथै आफ्ना सदस्यहरूलाई त्यस्ता कार्यक्रमहरूमा भाग लिन प्रोत्साहित गर्ने, आ-आफ्नो देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला, प्रदर्शनी र व्यापार प्रवद्र्धन कार्यक्रमहरूको आयोजना गरिने उल्लेख छ ।
सम्झौतापत्रमा उल्लेखित उद्देश्यलाई अगाडि बढाउन दुवै पक्षले नेपाल र श्रीलंकामा एकअर्काको कार्यालय र सचिवालय सुविधाहरूको उपयोग गर्न सहमत भएका छन् । सम्झौतामा दुवै पक्षले दुवै देशका व्यवसायीहरू बीच आउने व्यापार विवाद समाधान गर्न एकअर्कालाई मद्दत गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सुकुमबासी तथा अव्यवस्थित बस्ती हटाउने कार्यबारे सरकारसँग स्पष्टीकरण माग गर्दै...
इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन...