तोकिए कै समयमा एसइईको नतिजा सार्वजनिक
- बैशाख २९, २०८३
- ख्वपखबर
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...

भक्तपुर: एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन भक्तपुर)ले आयोजना गरिएको वादविवाद प्रतियोगितामा छात्रातर्फ यूनिटी स्कुलकी दीपशिखा भट्ट र छात्रतर्फ क्वालिटी स्कुलको अभिषेक दुलाल क्रमश विजेता भएका छन् । उनीहरु छुट्टाछुटै शिर्षकको वादविवाद प्रतियोगितमा विजेता बनेका हुन् ।
छात्रहरुका लागि ‘शिक्षाको उदेश्य प्राप्ताकं होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्राहरुका लागि ‘विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ’ भन्ने बिषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।
प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फ सेन्ट जोन्स ईङ्ग्लिस स्कुलका सम्राट नेपालले र ईटुसा लिम्बूले दोश्रो स्थान हात पार्न सफल भएका थिए । छात्र तर्फ हिमाल एकेडेमीका प्रज्ज्वल वाग्ले तृतिय र सुर्योदय सेकेण्डरी स्कुलका रियान बनमालाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी, छात्रा तर्फ सुर्योदय सेकेण्डरी स्कुलकी प्रशंसा गोलेले तृतिय र विमल मेमोरियल बिद्यापिठकी प्रविधी खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
साहित्यकार तथा नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्य रचनाकर्ता चन्द्र प्रसाद न्यौपाने र साहित्यकार तथा कवि जीवनाथ अधिकारीद्वयले निर्णायकको भुमिका निभाएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष जी.वी. खड्का एवं आयोजक विद्यालयका सह प्रधानाध्यापक अनिस राईले विजयी छात्र तथा छात्रालाई पुरस्कृत गरेका थिए ।
अध्यक्ष जी.वी. खड्काले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आयोजना गरिने यस्ता कार्यक्रमले भोलिका असल नागरिक बनेर देश तथा समाजको उन्नयनमा लाग्न सहयोग पुग्ने विचार व्यक्त गरे । कार्यक्रमका सभापति आयोजक ईडेन गार्डेन स्कुलका सह प्रिन्सिपल अनिस राईले ईप्सनले गर्ने गरेका यस्ता प्रतियोगितात्मक कार्यक्रम मार्फत विद्यार्थीले उत्कृष्ट अवसर प्राप्त गरेको बताए ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...
कक्षा १२ को परीक्षा सुरु भएको छ । सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु...
विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र...