भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

ईप्सनको वादविवाद प्रतियोगितामा यूनिटीका दीपशिखा भट्ट र क्वालिटीका अभिषेक दुलाल विजयी

  • ख्वपखबर
  • साउन २३, २०८२

भक्तपुर: एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन भक्तपुर)ले आयोजना गरिएको वादविवाद प्रतियोगितामा छात्रातर्फ यूनिटी स्कुलकी दीपशिखा भट्ट र छात्रतर्फ क्वालिटी स्कुलको अभिषेक दुलाल क्रमश विजेता भएका छन् । उनीहरु छुट्टाछुटै शिर्षकको वादविवाद प्रतियोगितमा विजेता बनेका हुन् ।

छात्रहरुका लागि ‘शिक्षाको उदेश्य प्राप्ताकं होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्राहरुका लागि ‘विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ’ भन्ने बिषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फ सेन्ट जोन्स ईङ्ग्लिस स्कुलका सम्राट नेपालले र ईटुसा लिम्बूले दोश्रो स्थान हात पार्न सफल भएका थिए । छात्र तर्फ हिमाल एकेडेमीका प्रज्ज्वल वाग्ले तृतिय र सुर्योदय सेकेण्डरी स्कुलका रियान बनमालाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी, छात्रा तर्फ सुर्योदय सेकेण्डरी स्कुलकी प्रशंसा गोलेले तृतिय र विमल मेमोरियल बिद्यापिठकी प्रविधी खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

साहित्यकार तथा नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्य रचनाकर्ता चन्द्र प्रसाद न्यौपाने र साहित्यकार तथा कवि जीवनाथ अधिकारीद्वयले निर्णायकको भुमिका निभाएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष जी.वी. खड्का एवं आयोजक विद्यालयका सह प्रधानाध्यापक अनिस राईले विजयी छात्र तथा छात्रालाई पुरस्कृत गरेका थिए ।

अध्यक्ष जी.वी. खड्काले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आयोजना गरिने यस्ता कार्यक्रमले भोलिका असल नागरिक बनेर देश तथा समाजको उन्नयनमा लाग्न सहयोग पुग्ने विचार व्यक्त गरे । कार्यक्रमका सभापति आयोजक ईडेन गार्डेन स्कुलका सह प्रिन्सिपल अनिस राईले ईप्सनले गर्ने गरेका यस्ता प्रतियोगितात्मक कार्यक्रम मार्फत विद्यार्थीले उत्कृष्ट अवसर प्राप्त गरेको बताए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित