भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

सापारु प्रदक्षिणा मार्गमा सचेतनामूलक सफाइ कार्यक्रम सम्पन्न

  • ख्वपखबर
  • साउन २३, २०८२

भक्तपुर: भक्तपुर नगरपालिकाले २०८२ को गुन्हीपुन्ही र सापारु पर्वलाई लक्षित गरी सापारु प्रदक्षिणा मार्गमा आज सचेतनामूलक सफाइ कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रय–सूर्यमढी–क्वाठण्डौं–नागपोखरी–महालक्ष्मीस्थान–भोलाछेँ–चोछेँ–त्रिपुरासुन्दरी–दरबार क्षेत्र र उपप्रमुख रजनी जोशीको नेतृत्वमा दत्तात्रय–गोल्मढी–सुकुलढोका–टौमढी–नासमना– वंशगोपाल–इटाछेँ हुँदै सरसफाइ र्याली खौमामा पुगी सभामा परिणत गरी सम्पन्न गरेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका सफा नगरपालिकाको रुपमा स्थापित हुनुमा यहाँका अग्रजहरुको भूमिका स्मरण योग्य भएको बताए । उनले नागरिकहरुमा आफ्नो ठाउँ आफै विकास गर्नुपर्छ भन्ने भावनाले भक्तपुरले आज सन्तुलित विकास गर्न सफल भएको जनाए ।

भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भइरहेको बताउँदै उनले भने, “भक्तपुरको कला संस्कृतिलाई विश्व जगतमा प्रचारप्रसार गरी उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्ने योजनाले नगरपालिका अगाडि बढिरहेको छ ।” भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण गर्ने उद्देश्य भक्तपुर नगरपालिकाले सापारुको दिन प्रदर्शन हुने घिन्ताङघिसी र माक प्याखं तथा परम्परागत एवम् आधुनिक विधाका सांस्कृतिक प्रस्तुतीहरुको मूल्यांकन गरी पुरस्कृत गर्ने नीति अगाडि बढाउँनाले नयाँ पुस्तामा धेरै उत्साह थपेको उनको भनाई छ ।

उपप्रमुख रजनी जोशीले सापारुमा प्रदर्शन हुने बाजागाजा र नाचहरुलाई जगेर्ना गर्न नयाँ पुस्तालाई प्रोत्साहित गर्दै लानुपर्ने आवश्यकता औंल्याए ।

विभिन्न विद्यालयका विद्यार्थीहरूसहितको उल्लेख्य सहभागितामा सम्पन्न सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले-कार्डसहित नगर परिक्रमा गरेका थिए । सरसफाइ कार्यक्रममा सहकारी, टीम, पुस्तकालय तथा वाचनालयका प्रतिनिधि तथा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रममा वातावरण तथा पर्यटन समितिका संयोजक एवभ् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भक्तपुर नपा वडा नं.३ का वडाध्यक्ष राजकृष्ण गोरा र वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले गाईजात्रा सभ्य र व्यवस्थित रुपमा सञ्चालन गर्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने र जात्राअवधिभर नगरको सरसफाइमा विशेष ध्यान दिनुपर्ने विचार राखेका थिए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित