पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने
- भदौ २६, २०८२
- ख्वपखबर
आज हुने पुलु: किसी जात्रा औपचारीक रुपमा मात्र संचालन गरिने भएको छ । हालको...
भक्तपुर: सोमबार भक्तपुरमा श्री चण्डेश्वरी अजिमाकाे १२ वर्षे जात्रा संचालन हुने भएको छ । चण्डेश्वरी मचा खल भक्तपुर ५ चासुखेलले यस वर्ष श्री चण्डेश्वरी अजिमाकाे १२ वर्षे जात्रा संचालन गरिने जानकारी दिएको हो ।
स्थानीय एवं अग्रज व्यक्ति कृष्ण कर्माचार्यले श्री चण्डेश्वरी अजिमाकाे १२ वर्षे जात्राको मौखिक इतिहास सुनाए । उनका अनुसार राजा कै अनुमती लिएर सो जात्रा संचालनमा ल्याइएको हो । कर्माचार्यले भने, “त्यो समयमा चनिगलका स्थानीयले श्री चण्डेश्वरी अजिमाको पनि जात्रा संचालन गर्न पाए हुन्थ्यो भन्ने प्रस्ताव राजा सामु पुर्याएका थिए । सोहि प्रस्तावलाई स्विकार्दै राजाले जात्रा संचालन गर्न अनुमति दिएको र जात्रा सुरु गरेको हो ।”
राजाको अनुमतिले सुरु गरेको सो जात्राको सुरुवात भने चनिगलबाट दरवार क्षेत्र हुँदै मुलढोका – तसपाल हुँदै नगर परिक्रमा गरि पुन: चनिगल पुर्याई टो: जात्रा गरि जात्रा संचालन गर्दै आएको कर्माचार्यको भनाइ छ ।
इतिहासविद् डा.प्रो पुरुषाेतम लाेचन श्रेष्ठले श्री चण्डेश्वरी अजिमालाई चनिगल क्षेत्रका स्थानीयले आफ्नो इष्टदेवताको रुपमा पुज्दै आएको सुनाए । साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको श्री चण्डेश्वरी अजिमा र बनेपाको श्री चण्डेश्वरी अजिमामा केही भिन्नता नभएको बताए । राजा आनन्द देवले भक्तपुरमा श्री चण्डेश्वरी अजिमा स्थापना गरेको जानकारी दिए ।
उनका अनुसार राजा आनन्द देव बनेपाका व्यक्ति थिए र उनले आफू बसाई सरेको ठाँउमा आफ्नो इष्टदेवताको स्थापना गरि त्रिपूरा दरवार निर्मान गरेका थिए । इतिहासविद् डा.प्रो श्रेष्ठले भक्तपुरमा तलेजु भन्दा पनि पहिले नै श्री चण्डेश्वरी अजिमा स्थापना भएको र यसलाई पुज्दा अदृश्य शक्ति र बल मिल्ने जनविश्वास रहेको जनाए ।
श्री चण्डेश्वरी अजिमाकाे १२ वर्षे जात्रा भक्तपुरमा संचालन गरिने एक मात्रै १२ वर्षे जात्रा रहेको इतिहासविद् डा.प्रो श्रेष्ठ भनाइ छ । उनले भने, ” भक्तपुरमा १२ वर्षमा मनाइने जात्रा भनेको श्री चण्डेश्वरी अजिमाकाे १२ वर्षे जात्रा मात्रा हो । भक्तपुरमा १२ वर्षको एक पटक मनाउने अरु कुनै पनि त्यस्तो जात्रा छैन ।”
१२ वर्षमा हुने र प्रत्येक वर्ष वैशाख पुर्णिामाको दिन हुने जात्रा भिन्नै हुने श्री चण्डेश्वरी अजिमा १२ वर्षे जात्रा व्यवस्थापन मुल समितिका संयोजक सानुलाल त्वानाबासुले जनाएको छ । उनका अनुसार वैशाख पुर्णिामाको जात्रामा निकलिने श्री चण्डेश्वरी अजिमा र १२ वर्षे जात्रामा निकालिने श्री चण्डेश्वरी अजिमाको प्रतिमा नै फरक रहेको छ । सोमबार हुने यस श्री चण्डेश्वरी अजिमाको १२ वर्षे जात्रा सापरुकै रुटमा संचालन गरि चण्डेश्वरी अजिमाको खटलाई नगर परिक्रमा गराइने जनाइएको छ ।
जात्रामा सहभागिता जनाउन आग्रह गर्दै श्री चण्डेश्वरी अजिमा १२ वर्षे जात्रा व्यवस्थापन मुल समितिका संयोजक सानुलाल त्वानाबासुले जात्रामा सहभागिता जनाउन इच्छुक बाजा समूहले समितिमा नाम टिपाउन समेत आग्रह गरे ।
आज हुने पुलु: किसी जात्रा औपचारीक रुपमा मात्र संचालन गरिने भएको छ । हालको...
जिल्ला सुरक्षा समितिको बैठकले पाँच बुँदे निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज...
भक्तपुरमा याँमता र मुपात्र जात्रा सुरु भएको छ ।ईन्द्रजात्राको अवसरमा भक्तपुरमा मनाइने यो जात्रा...