रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

भक्तपुर: मध्यपुर थिमिको नगदेशमा १२ बर्ष पछि तान्त्रिक भैल प्याखः देखाइएको छ । सापारु(गाईजात्रा)को भोलिपल्ट देखि नगदेशको विभिन्न टोल टोलमा रातभर भैल प्याखं देखाउने चलन रहेको स्थानीय बताउँछन् ।
तान्त्रिक विधि अनुसार देखाइने भएकाले नगदेशमा भैल प्याखःको विषेश महत्व रहेको भैल प्याखःका गुरु कृष्ण भक्त घजुले बताए । गुरु घजूका अनुसार देशमा सहकाल, प्राकृतिक विपत्ती रोक्न ,रोगव्याधि हटाउन पनि यो नाच प्रदर्शन गर्ने गरिएको छ ।
नगदेश भैल प्याखमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरि पाँच देवगणहरुले विषेश प्रकारको नाच देखाईने उनले बताए । यो नाच संचालन गर्न धेरै गाह्रो हुने र नगदेशका प्रति घर धुरी वाट सहभागि हुनुपर्ने र चार दिन लगातार भोज खुवाउनुपर्ने भएकाले खर्चपनि धेरै लाग्ने भएकाले सञ्चालन्त गर्न १२ बर्ष नै कुर्नुपर्ने बाध्यता अएको उनको भनाई छ ।
यो नाच धाँ बाजा, भुक्ष्या बाजा, पुंगा लगएकातका बाजाको तालमा नाचिने गरिन्छ । यस्तै थिमि लाय्कूबाट सञ्चालन हुँदै आएको लायकु भैल प्याखं पनि गाइजात्राको भोलि पल्ट देखि प्रदर्शन हुँदै आएको हो ।
तस्वीर: सचिन बज्राचार्य
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...