पाला(दियो)को माग पूरा गर्न व्यस्त प्रजापति समुदाय
- अशोज २८, २०८२
- निशा कुस्मा/ ख्वपखबर
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
 
    						भक्तपुर: मध्यपुर थिमिको नगदेशमा १२ बर्ष पछि तान्त्रिक भैल प्याखः देखाइएको छ । सापारु(गाईजात्रा)को भोलिपल्ट देखि नगदेशको विभिन्न टोल टोलमा रातभर भैल प्याखं देखाउने चलन रहेको स्थानीय बताउँछन् ।
तान्त्रिक विधि अनुसार देखाइने भएकाले नगदेशमा भैल प्याखःको विषेश महत्व रहेको भैल प्याखःका गुरु कृष्ण भक्त घजुले बताए । गुरु घजूका अनुसार देशमा सहकाल, प्राकृतिक विपत्ती रोक्न ,रोगव्याधि हटाउन पनि यो नाच प्रदर्शन गर्ने गरिएको छ ।
नगदेश भैल प्याखमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरि पाँच देवगणहरुले विषेश प्रकारको नाच देखाईने उनले बताए । यो नाच संचालन गर्न धेरै गाह्रो हुने र नगदेशका प्रति घर धुरी वाट सहभागि हुनुपर्ने र चार दिन लगातार भोज खुवाउनुपर्ने भएकाले खर्चपनि धेरै लाग्ने भएकाले सञ्चालन्त गर्न १२ बर्ष नै कुर्नुपर्ने बाध्यता अएको उनको भनाई छ ।
यो नाच धाँ बाजा, भुक्ष्या बाजा, पुंगा लगएकातका बाजाको तालमा नाचिने गरिन्छ । यस्तै थिमि लाय्कूबाट सञ्चालन हुँदै आएको लायकु भैल प्याखं पनि गाइजात्राको भोलि पल्ट देखि प्रदर्शन हुँदै आएको हो ।
तस्वीर: सचिन बज्राचार्य
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...
४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) भक्तपुरको इटाछेंमा हुने भएको छ ।...