“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति तथा कार्यक्रम २०८१ सालको नीति तथा कार्यक्रमको हुबहु (कपि पेस्ट) रहेको दाबी गरेका छन् । उनले संसदमा दुवै नीति तथा कार्यक्रमको पुस्तक देखाउदै हुबहु रहेको दाबी गरेका हुन् ।
नेता शाहीले भने, ‘मेरो हातमा दुई वटा किताब छ । एउटा २०८३ सालमा, हिजो मात्रै, राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्नु भएको नीति तथा कार्यक्रम । अर्को २०८१ सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नै सम्वोधन गर्नु भएको नीति तथा कार्यक्रम । हुबहु एउटै छ ।’
शाहीका अनुसार २०८१ को नीति तथा कार्यक्रममा २१७ बुँदा थिए भने अहिले १०० बुँदामा मात्र सिमित छन् । तर, सबैजसो मिलेको उनको दाबी छ ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...