एकै दिन आठ हजार एक सय रुपियाँले बढ्यो सुनको मूल्य
- अशोज २८, २०८२
- ख्वपखबर
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कर्फ्यू लगाएको छ । प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गरेका हुन् ।
जेन जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र चार किल्ला तोकी सो सीमाभित्र आवत–जावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।
बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शङ्खमुल ओरालो हुँदै शङ्खमुल पुलसम्म कर्फ्यू जारी भएको हो ।
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...