एकै दिन आठ हजार एक सय रुपियाँले बढ्यो सुनको मूल्य
- अशोज २८, २०८२
- ख्वपखबर
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
 
    						पछिल्लो १२ घण्टामा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशभर परिचालनमा रहेपछि उनीहरु पक्राउ परेका हुन् ।
सेनाले जारी गरेको सुरक्षासम्बन्धी विवरण अनुसार मिति २०८२ भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते बिहान १० बजेसम्म काठमाडौँसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र जीउधनको क्षति पुर्याउने उद्देश्यले संलग्न व्यक्तिहरू पक्राउ गरिएको हो ।
यस अवधिमा ३ वटा बारुण यन्त्र प्रयोग गरी आगजनी नियन्त्रण गरिएको जनाइएको छ । त्यस्तै, काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ ।
सुरक्षा निकायले काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न प्रकारका ३१ नाल हतियारसहित म्यागजिन र गोलीगठ्ठा बरामद गरेको जनाएको छ ।
यसबीचमा सुरक्षाकर्मीसमेत घाइते भएका छन् । २३ जना नेपाल प्रहरी र ३ जना गैर सैनिक व्यक्तिको हाल सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ ।
सेनाले विद्यमान परिस्थिति नियन्त्रणमा सबै सुरक्षा संयन्त्र सक्रिय रहेको र नागरिकलाई शान्ति सुरक्षामा सहयोग गर्न आह्वान गरेको छ ।
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...