अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

पछिल्लो १२ घण्टामा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशभर परिचालनमा रहेपछि उनीहरु पक्राउ परेका हुन् ।
सेनाले जारी गरेको सुरक्षासम्बन्धी विवरण अनुसार मिति २०८२ भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते बिहान १० बजेसम्म काठमाडौँसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र जीउधनको क्षति पुर्याउने उद्देश्यले संलग्न व्यक्तिहरू पक्राउ गरिएको हो ।
यस अवधिमा ३ वटा बारुण यन्त्र प्रयोग गरी आगजनी नियन्त्रण गरिएको जनाइएको छ । त्यस्तै, काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ ।
सुरक्षा निकायले काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न प्रकारका ३१ नाल हतियारसहित म्यागजिन र गोलीगठ्ठा बरामद गरेको जनाएको छ ।
यसबीचमा सुरक्षाकर्मीसमेत घाइते भएका छन् । २३ जना नेपाल प्रहरी र ३ जना गैर सैनिक व्यक्तिको हाल सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ ।
सेनाले विद्यमान परिस्थिति नियन्त्रणमा सबै सुरक्षा संयन्त्र सक्रिय रहेको र नागरिकलाई शान्ति सुरक्षामा सहयोग गर्न आह्वान गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...