भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

चुनावको तयारीमा जुट्न स्वास्थ्य मन्त्री गौतमको आह्वान

  • ख्वपखबर
  • कार्तिक २४, २०८२

संघिय जनसंख्या तथा स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले आगामी फागुनमा हुने चुनावको तयारीमा जुट्न सबै दललाई आह्वान गरेकी छिन् । मन्त्री गौतमले क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव समारोहको सम्बोधन गर्ने क्रममा यस्तो आह्वान गरेकी हुन् ।

स्वास्थ्य मन्त्री गौतमले जेन जी आन्दोलनबाट बनेको सरकारले चुनाव गराउनु मुख्य काम भएता पनि मन्त्रालयको काममा पनि बिशेष ध्यान दिनुपर्ने बताइन् । नेपाल सरकारले दिईदै आएको ९८ प्रकारको नि:शुल्क औषधी तल्लो तहको स्वास्थ्य संस्थाबाट नदिएका कारण स्वास्थ्य बिमामा भिड बढेको उनी बताउँछिन् । ९८ प्रकारका नि:शुल्क औषधी स्वास्थ्य बिमामा नपर्ने यी औषधीहरु पहिला देखि नै नि:शुल्क वितरण गर्ने भएकाले स्वास्थ्य चौकी, जनस्वास्थ्य, प्राथमिक उपचार केन्द्रहरुबाट बिरामीलाई नि:शुल्क उपलब्ध गराउँन स्थानीय सरकारलाई अनुरोध गरिन् । यति गरेको खण्डमा बिमामा बिरामीको चाप कम हुने पनि उनको भंबाई छ ।

अस्पताल निमार्णको लागि चाँगुनारायण नगरपालिकाले वडा नं. ५ खरिपाटीमा ४३ रोपनी १२ आना जग्गा दिने कार्यपालिको निर्णय भईसकेको र सो निर्णयको फाईल जिल्ला प्रशासन कार्यालय भक्तपुर मै अड्किएको बागमती प्रदेशका संस्कृती तथा पर्यटन मन्त्रीको भनाईलाई मन्त्री डा. गौतमले यथासिघ्र मन्त्रालयबाट काम अगाडी बढाउने समेत जानकारी गराइन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित