काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमा संलग्न जोसुकैलाई नछोड्ने चेतावनी दिएकी छिन् । भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार एक सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् ।
सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्यसँगसँगै सुशासनका निम्ति तीव्र गतिमा काम गरिरहेको छ ।’
उनले अगाडि भनिन्, ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित सयन्त्र क्रियाशील भइसकेका छन् ।’
उनले भ्रष्टाचार नियन्त्रण एउटा निकायको मात्र जिम्मेवारी नभएको र प्रत्येक कार्यालयको प्रमुख आफैँ जिम्मेवार हुने बताइन् । सबैलाई आग्रह गर्दै उनले भनेकी छन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि हामी डराउँदैनौँ । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्छु ।’
प्रधानमन्त्रीले भ्रष्टाचारको समूल अन्त्यका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबैको सहकार्य आवश्यक रहेको र सरकार त्यसका लागि दृढतापूर्वक अघि बढिरहेको उल्लेख गरेकी छिन् । नागरिकन्युज
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...