अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमा संलग्न जोसुकैलाई नछोड्ने चेतावनी दिएकी छिन् । भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार एक सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् ।
सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्यसँगसँगै सुशासनका निम्ति तीव्र गतिमा काम गरिरहेको छ ।’
उनले अगाडि भनिन्, ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित सयन्त्र क्रियाशील भइसकेका छन् ।’
उनले भ्रष्टाचार नियन्त्रण एउटा निकायको मात्र जिम्मेवारी नभएको र प्रत्येक कार्यालयको प्रमुख आफैँ जिम्मेवार हुने बताइन् । सबैलाई आग्रह गर्दै उनले भनेकी छन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि हामी डराउँदैनौँ । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्छु ।’
प्रधानमन्त्रीले भ्रष्टाचारको समूल अन्त्यका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबैको सहकार्य आवश्यक रहेको र सरकार त्यसका लागि दृढतापूर्वक अघि बढिरहेको उल्लेख गरेकी छिन् । नागरिकन्युज
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...