२०८३ को नीति तथा कार्यक्रम हुबहु २०८१ सालकै रहेको नेता शाहीको दाबी
- बैशाख २९, २०८३
- ख्वपखबर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा हाल विभिन्न अवरोध, कठिनाइ आइरहे पनि भक्तपुर निर्माण व्यवसायी संघ सक्रिय रहेको बताएका छन् । प्रमुख अतिथि सिंहले निर्माण व्यवसायी संघ भक्तपुरको २३ औं साधारण सभाको उद्घाटन गर्ने क्रम सो विचार व्यक्त गरेका हुन् ।
जेनजी आन्दोलनले २४ घण्टामा सरकार ढले नागरिकहरुको हितको लागि प्रधानमन्त्रीसहित नयाँ मन्त्री चुने पनि निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण र भइपर्ने समस्याको समाधान हुने अझै नदेखिएको बताएका छन् । उनले भने, ‘जेनजी आन्दोलनले २४ घण्टामा सरकार ढाल्यो नागरिकहरुको हितको लागि प्रधानमन्त्रीसहित नयाँ मन्त्री चुनियो । हामी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रीलाई शुभकामनासहित निर्माण व्यवसायी संघ र व्यवसायीहरुको मूल समस्या बारे अवगत गराउन पुग्यौं । तर सरकार फेरेसँगै निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण र भइपर्ने समस्याको समाधान हुने अझै देखिएन ।’
अध्यक्ष सिंहले विकास निर्माणका कार्यहरुलाई आगाडी बढाउँदै तत्पर भई काम गर्दा पनि तत्कालिन नागरिक सरकारले हजारौं टेण्डर रद्द गरिदिएको गुनासो गरे । उनले भने, ‘हामीले सरकारसँग हरेक वर्ष टेण्डर, भुक्तानीको बारेमा हरगुहार गर्नुपर्छ तर कमजोरी निर्माण व्यवसायी कै देखिन्छ यस्ता समस्याका बाबजुद पनि विकासका कार्ययोजनाहरुलाई अगाडी बढाउँदै तत्पर भई काम गर्दा तत्कालिन नागरिक सरकारले हजारौं टेण्डर रद्द गरिदिएको छ ।’
नागरिक एवं समाजको हितका लागि बनाइएको सरकारले धरातलमा भएको निर्माण व्यवसायीहरुलाई अझ ओझेलमा पारिरहेको हुँदा हामी सम्पूर्ण निर्माण व्यवसायीहरु एकजुट भएर लाग्नु पर्ने तर्क प्रस्तुत गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति...
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सुकुमबासी तथा अव्यवस्थित बस्ती हटाउने कार्यबारे सरकारसँग स्पष्टीकरण माग गर्दै...
इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन...