काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
मङ्गलबार हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–४ र ६ ले वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनसम्बन्धी अन्तरक्रिया आयोजना गरिएको थियो ।
सो अन्तरक्रियामा चन्द्रपुर सव डिभिजन वन कार्यालयका प्रमुख अनिल महतोले दिगो वन व्यवस्थापन कार्यक्रमले हातेमालो सामुदायिक वन उपभोक्ता समूह देशकै नमूना सामुदायिक वनको रूपमा स्थापित भएको जानकारी दिए ।
सो सामुदायिक वनको कूल क्षेत्रफलको २८२ हेक्टरमध्ये २७४ हेक्टर वन क्षेत्र उत्पादनशील रहेको उनले सुनाए ।
आठ वटा आवधिक खण्ड बनाएर संरक्षण गरिँदै आएको उक्त सामुदायिक वनमा बालीचक्र ८० वर्ष कायम गरेर वन संरक्षण कार्ययोजना बनाइएको वन अधिकृत महतोले बताए ।
एक खण्डमा करिब साढे ३४ हेक्टर जङ्गल रहेको र एक खण्डलाइ १० वटा भागमा विभाजन गरी दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
चालु आर्थिक वर्षमा मात्रै साढे तीन हेक्टर वन क्षेत्रमा एक हजार ६९७ रुखमध्ये २७२ वटा माउ रुखको रूपमा कायम गरिएको र बाँकी एक हजार ३२५ वटा रुख पुनःउत्पादन तथा कटानका लागि सिफारिस गरिएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जिल्लामा तीन वटा सामुदायिक वन र एउटा साझेदारी वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागु भएको जानकारी दिए ।
तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूह, भोर्लेनी सामुदायिक वन उपभोक्ता समूह र हातेमालो सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वन उपभोक्ता समितिमा सो कार्यक्रम लागु भएको उनको भनाइ छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ रौतहटका अध्यक्ष बेदहरी दाहालले दिगो वन व्यवस्थापन कार्यक्रम इमान्दारिताका साथ काम गरे फाइदै-फाइदा हुने बताए ।
हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले आफूले नेतृत्व गरेको सामुदायिक वन साल उत्पादन तथा संरक्षणमा देशमै नमूनाको रूपमा परिचित हुँदै गएको उल्लेख गरे । रासस
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...