“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री सिन्हाले गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाल पर्यटन बोर्डको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले विश्व परिवेश तीव्ररूपमा रुपान्तरित भइरहँदा नेपालले डिजिटल संलग्नता, गुणस्तरीय पर्यटन, दिगो अभ्यासहरू र उदयमान स्रोत बजारहरूलाई राष्ट्रिय प्राथमिकतासँग रणनीतिकरूपमा जोडेर अगाडि बढाउन जरुरी रहेको आवश्यकता औँल्याए ।
उनले हालसम्म नेपालको पर्यटनलाई जीवन्त बनाउने सबैप्रति आभार प्रकट गर्दै साझेदारीका साथ अघि बढ्न पनि अनुरोध गरे । रासस
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...