अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

व्यास नगरपालिका–१, रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाएका छन् । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर बस्नेतले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आएका हुन् ।
कुखुराको अण्डा बिक्री गरेर मासिक एक लाख आम्दानी लिँदै आएको उनले बताए । विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको नौ महिनापछि घर फर्किनु भएका बस्नेतले पाँच वर्षअघि यो व्यवसाय सुरु गरेका थिए । विदेशमा पाएको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाइ गर्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गर्न सफल भएका छन् ।
उनले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एन्ड एग फार्म’मा हाल दुई हजार लेयर्स कुखुरा छन् । सुरुमा रु ३० लाख लगानीमा छ रोपनीमा दुई आधुनिक ट्रस्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गर्नुभएका बस्नेतले राम्रो आम्दानी गर्दै आएका छन् ।
दैनिक एक हजार ८०० अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा पाँच लाख बढीको कारोबार हुने गरेको छ । दाना, औषधी तथा श्रम खर्च कटाएर एक लाखभन्दा आम्दानी हात पर्न थालेको बस्नेतले बताए । उनले भने, “दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारको साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ ।”
कुखुरा व्यवसायबाट उत्पादन हुने ठुला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान ५०० मा बिक्री हुँदै आएका छन् । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा प्रत्यक्ष अनुदान दिनुपर्नेमा बस्नेतको जोड छ । “पूर्वाधारमा मात्र अनुदान दिएर काम हुँदैन । दानामा सहयोग भयो भने किसान टिकाउ हुन्छन्, राज्यको लगानी पनि सुरक्षित हुने”, उनले भने ।
श्रीमती मधुमाया बस्नेतको निरन्तर साथमा फार्म चलाउनु भएका अर्जुन भन्छन्, “कुखुराको मल प्रयोग गरेदेखि तोरी पनि राम्रो फलेको छ कि तेल किन्नु परेको छैन, तरकारी पनि बजारबाट ल्याउनु परेको छैन ।” व्यास नगरपालिकाले इनार निर्माणका लागि २५ हजार र कुखुरा खरिदका लागि ५० हजार गरी ७५ हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजङ्ग बस्नेतले बताए ।
चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बन्ने गरेको छ । विदेशमै भविष्य खोज्नुपर्ने बाध्यता हटाउँदै गाउँमै बसेर स्थिर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश बस्नेतको सफलताले दिएको कार्कीले जनाए । रासस
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...