अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

भक्तपुर, बागमती प्रदेशका संस्कृति एवं पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले भक्तपुरको मौलिक उत्पादनमाथि कुनै षड्यन्त्र त भएको छैन भन्दै प्रश्न गरेका छन् । मन्त्री श्रेष्ठले भक्तपुरमा गो-लोकल पुस्तक सार्वजनिक समारोहमा कहिले जू जू धौमा न्याप्किन फेला परेको कुरा त कहिले भक्तपुरमा बनेको तका टोपी( भादगाउँले टोपी) जेलमा बनेको भन्ने जस्ता भ्रामक कुराले भक्तपुरको मौलिक उत्पादन प्रश्न खदा गरेको बताएका हुन् ।
मौलिक उत्पादनको विश्वसनीयता कायम गर्न नसके यस्ता भ्रामक सूचनाले मौलिकता कार्यन्वयन गर्न कठिन हुने मन्त्री श्रेष्ठले जनाएका छन् । भक्तपुरको रैथाने उत्पादनलाई बजारमा पुर्याउन नसक्नुको कारणहरुको बारेमा सोच्न जरुरी रहेको उनको भनाइ छ ।
बजारमा पाइने उस्तै देखिने सामग्रीले गर्दा मौलिक सामानको अस्तित्व बाचाउनमा कठिनाई उत्पन्न भएको मन्त्री श्रेष्ठले बताए । उनले भने, ” ताइचिन च्युरा काठमाडौं उपत्यका कै रैथाने उत्पदन हो । यो चपाउन अलि समय लाग्छ । त्यसकारण बजारमा उस्तै देखिने तर चपाउन सजिलो हुने भएकाले मानिसहरु तेतै लाग्ने गरेको पाइन्छ । जस्ले गर्दा मौलिक उत्पादनको अस्तित्व बचाउन मुस्किल भएको छ ।”
भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा तयार भएको सो पुस्तक आज सार्वजनिक गरिएको हो । यो संगै आज उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरले पनि आफ्नो आधिकारिक वेबसाईट सूचारु गरेको छ ।


बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...