वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित
- भदौ २७, २०८२
- ख्वपखबर
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
भक्तपुर, बागमती प्रदेशका संस्कृति एवं पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले भक्तपुरको मौलिक उत्पादनमाथि कुनै षड्यन्त्र त भएको छैन भन्दै प्रश्न गरेका छन् । मन्त्री श्रेष्ठले भक्तपुरमा गो-लोकल पुस्तक सार्वजनिक समारोहमा कहिले जू जू धौमा न्याप्किन फेला परेको कुरा त कहिले भक्तपुरमा बनेको तका टोपी( भादगाउँले टोपी) जेलमा बनेको भन्ने जस्ता भ्रामक कुराले भक्तपुरको मौलिक उत्पादन प्रश्न खदा गरेको बताएका हुन् ।
मौलिक उत्पादनको विश्वसनीयता कायम गर्न नसके यस्ता भ्रामक सूचनाले मौलिकता कार्यन्वयन गर्न कठिन हुने मन्त्री श्रेष्ठले जनाएका छन् । भक्तपुरको रैथाने उत्पादनलाई बजारमा पुर्याउन नसक्नुको कारणहरुको बारेमा सोच्न जरुरी रहेको उनको भनाइ छ ।
बजारमा पाइने उस्तै देखिने सामग्रीले गर्दा मौलिक सामानको अस्तित्व बाचाउनमा कठिनाई उत्पन्न भएको मन्त्री श्रेष्ठले बताए । उनले भने, ” ताइचिन च्युरा काठमाडौं उपत्यका कै रैथाने उत्पदन हो । यो चपाउन अलि समय लाग्छ । त्यसकारण बजारमा उस्तै देखिने तर चपाउन सजिलो हुने भएकाले मानिसहरु तेतै लाग्ने गरेको पाइन्छ । जस्ले गर्दा मौलिक उत्पादनको अस्तित्व बचाउन मुस्किल भएको छ ।”
भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा तयार भएको सो पुस्तक आज सार्वजनिक गरिएको हो । यो संगै आज उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरले पनि आफ्नो आधिकारिक वेबसाईट सूचारु गरेको छ ।
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु भएको छ । जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा...
नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न...