भर्खरै :
वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित  | कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु | आन्दोलनमा लुटपाट गरिएको तस्बिर, भिडियो पठाउन प्रहरीको अनुरोध  | जेन-जी प्रदर्शन: पोस्टमार्टम गरेर शव हस्तान्तरण  | गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै | बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने |

नेवा: समुदायको मौलिक परिकारलाई सूचीकृत गर्न पहल गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

  • ख्वपखबर
  • भदौ २३, २०८२

भक्तपुर, उद्योग,वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री विन्दु श्रेष्ठले नेवा: समुदायको मौलिक परिकारलाई सूचीकृत गर्न पहल गर्ने बताएकि छिन् । मन्त्री श्रेष्ठले आज गो-लोकल पुस्तक सार्वजनिक गर्ने क्रममा सो कुरा बताएकि हुन् ।

मन्त्री श्रेष्ठले भनिन्, ” सूचीकृत गरेको १५ वटा मौलिक उत्पादनमा मौलिक परिकारलाई राखेको छैन । मौलिक परिकारलाई सूचीकृत गर्न आवश्यक छ । र सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” खाद्य परिकार कसरी उत्पदन हुन्छ भन्ने कुरालाई सुरुबाट नै यस पुस्तकमा देखाईएको उनी बताउँछिन् ।

गो-लोकल पुस्तक बागमती प्रदेशभरिका सबै जिल्लालाई नमुना पुस्तक हुने र यसले मौलिक रैथाने उत्पादनलाई संरक्षणमा गरेको कार्य सराहनीय रहेको उनको भनाई छ । मन्त्री श्रेष्ठका अनुसार भक्तपुरमा उत्पादन हुने रैथाने उत्पादन उद्योगसंग मात्र सम्बन्धित छैन ।

भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा तयार भएको सो पुस्तक आज सार्वजनिक गरिएको हो ।

oppo_0

Your email address will not be published. Required fields are marked *

सम्बन्धित