अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

भक्तपुर, उद्योग,वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री विन्दु श्रेष्ठले नेवा: समुदायको मौलिक परिकारलाई सूचीकृत गर्न पहल गर्ने बताएकि छिन् । मन्त्री श्रेष्ठले आज गो-लोकल पुस्तक सार्वजनिक गर्ने क्रममा सो कुरा बताएकि हुन् ।
मन्त्री श्रेष्ठले भनिन्, ” सूचीकृत गरेको १५ वटा मौलिक उत्पादनमा मौलिक परिकारलाई राखेको छैन । मौलिक परिकारलाई सूचीकृत गर्न आवश्यक छ । र सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” खाद्य परिकार कसरी उत्पदन हुन्छ भन्ने कुरालाई सुरुबाट नै यस पुस्तकमा देखाईएको उनी बताउँछिन् ।
गो-लोकल पुस्तक बागमती प्रदेशभरिका सबै जिल्लालाई नमुना पुस्तक हुने र यसले मौलिक रैथाने उत्पादनलाई संरक्षणमा गरेको कार्य सराहनीय रहेको उनको भनाई छ । मन्त्री श्रेष्ठका अनुसार भक्तपुरमा उत्पादन हुने रैथाने उत्पादन उद्योगसंग मात्र सम्बन्धित छैन ।
भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा तयार भएको सो पुस्तक आज सार्वजनिक गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...