अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

देशभरका निजी विद्यालयमा दुई दिन शोक बिदा दिने निर्णय गरेको छ । प्याब्सन, नेशनल प्याब्सन, अपेन, हिसान र एनएमएले संयुक्त बिज्ञपति जारी गर्दै भाद्र २४ र २५ गते दुई दिन शोक बिदा दिने निर्णय गरेको जनाइएको हो ।
आज देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरूमा सयौं घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको निजि विद्यालय संगठनले जनाएको छ ।
“यस अकल्पनीय घटनाले हामी सवैलाई गहिरो पीडा दिएको छ। हामी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । दर्जनौ होनहार युवाहरूले ज्यान गुमाउनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते (बुइ दिन) शोक विदा दिने निर्णय गरिएको जानकारी गराइन्छ ।” बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस विषम परिस्थितिलाई हामी सबैले संयमता र धैर्यताका साथ सामना गर्दै, सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नु अत्यावश्यक छ ।संगठनले बिज्ञप्तिमार्फत सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा सरोकारवाला सबै पक्षहरूलाई शान्त, संयमित र सहज वातावरण निर्माणमा सहयोग गर्न आह्वान गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...