वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित
- भदौ २७, २०८२
- ख्वपखबर
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
देशभरका निजी विद्यालयमा दुई दिन शोक बिदा दिने निर्णय गरेको छ । प्याब्सन, नेशनल प्याब्सन, अपेन, हिसान र एनएमएले संयुक्त बिज्ञपति जारी गर्दै भाद्र २४ र २५ गते दुई दिन शोक बिदा दिने निर्णय गरेको जनाइएको हो ।
आज देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरूमा सयौं घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको निजि विद्यालय संगठनले जनाएको छ ।
“यस अकल्पनीय घटनाले हामी सवैलाई गहिरो पीडा दिएको छ। हामी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । दर्जनौ होनहार युवाहरूले ज्यान गुमाउनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते (बुइ दिन) शोक विदा दिने निर्णय गरिएको जानकारी गराइन्छ ।” बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस विषम परिस्थितिलाई हामी सबैले संयमता र धैर्यताका साथ सामना गर्दै, सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नु अत्यावश्यक छ ।संगठनले बिज्ञप्तिमार्फत सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा सरोकारवाला सबै पक्षहरूलाई शान्त, संयमित र सहज वातावरण निर्माणमा सहयोग गर्न आह्वान गरेको छ ।
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु भएको छ । जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा...
नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न...