वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित
- भदौ २७, २०८२
- ख्वपखबर
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
हिजोदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति सरकारका उच्च पदाधिकारीहरूले गहिरो दुःख प्रकट गरेका छन् । घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत समेत भइसकेको अवस्थामा थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई संयमता अपनाउन अनुरोध गरिएको छ । यस विषयमा संवादमार्फत यथाशक्य छिटो शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान गरिएको छ ।
“यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।”, सरकारका तर्फबाट आज सार्वजनिक गरिएको अपिलमा भनिएको छ ।
साझा अपिलमा मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिँदेल, गृहसचिव गोकर्णमणि डुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापाको हस्ताक्षर रहेको छ ।
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु भएको छ । जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा...
नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न...