वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित
- भदौ २७, २०८२
- ख्वपखबर
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
नयाँ सरकार गठनको तयारीसँगै गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै छ । सिंहदरबारभित्र निर्माणको अन्तिम चरणमा पुगेको सो भवनलाई अव बन्ने प्रधानमन्त्रीको कार्यकक्षको रुपमा व्यवस्थापन गरिएको हो ।
जेनजीको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरु गरिएको जनाइएको छ ।
कार्यालयका लागि आवश्यक सामानहरूको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ । यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो ।
आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजी गरिएको हो ।
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु भएको छ । जेन-जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा...
नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न...