अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

नयाँ सरकार गठनको तयारीसँगै गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै छ । सिंहदरबारभित्र निर्माणको अन्तिम चरणमा पुगेको सो भवनलाई अव बन्ने प्रधानमन्त्रीको कार्यकक्षको रुपमा व्यवस्थापन गरिएको हो ।
जेनजीको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरु गरिएको जनाइएको छ ।
कार्यालयका लागि आवश्यक सामानहरूको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ । यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो ।
आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजी गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...