भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

मुस्ताङको भेडाच्याङ्ग्रा भक्तपुरमा बिक्रीवितरण

  • ख्वपखबर
  • अशोज ८, २०८२

भक्तपुरको सल्लाघरीमा मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा बिक्रीमा राखिएको छ । नेपालीहरुको महान चाँड बडादसैँलाई लक्षित गरी सो भेडाच्याङ्ग्रा बिक्रीमा राखिएको हो ।

यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय पचास रूपैंयाका दरले बिक्री गरिएको व्यापारीहरू बताएका छन् । व्यापारीहरूका अनुसार यस वर्ष गत वर्षको तुलनामा पचास रुपैंया सस्तोमा बिक्रि हुँदै आएको हो ।

तयारी मासु भने प्रतिकेजी दुई हजार दुइ सय बिक्री गरिएको व्‍यवसायीहरूको भनाइ छ । दसैंका बेला बिक्री गर्न भक्तपुरको सल्लाघारीमा दुइ हजार देखि २५ सयको हाराहारीमा भेडाच्याङ्ग्रा ल्याइएको छ।

हिमाली भेगमा भएका भेडाच्याङ्ग्रा अन्यत्रको भन्दा स्वस्थकर हुने भएकाले पनि मुस्ताङको भेडाच्याङ्ग्रामा नज आकर्षण बढेको उपभोक्ता बताउँछन् ।

पशु सेवा विभागले उपभोक्तालाई भेडाच्याङ्ग्राको सिङ्गमा हरियो चिन्ह भएका भेडाच्याङ्ग्रा मात्र उपभोग गर्न आग्रह गरेको छ । पशु सेवा विभागले उपभोग गर्न मिल्ने स्वस्थ भेडाच्याङ्ग्राको सिङ्गमा हरियो रंग र उपभोग गर्न नमिले अस्वस्थ भेडाच्यांग्रामा रातो रंगलागेको जनाइएको छ ।

विभागले चाँडपर्वलाइ लक्षित गरि भक्तपुर ल्याई पुर्याएका भेडाच्याङ्ग्राको यहि असोज ६ गतेदेखि परिक्षण थालिएको हो । बिहान र साँझा गरि सल्लाघारको चौरमा बिक्रिवितरण गर्न राखिएका भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गरि रातो र हरियो चिन्ह लगाएको विभागले जनाएको हो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित