एकै दिन आठ हजार एक सय रुपियाँले बढ्यो सुनको मूल्य
- अशोज २८, २०८२
- ख्वपखबर
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
 
    						भक्तपुरको सल्लाघरीमा मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा बिक्रीमा राखिएको छ । नेपालीहरुको महान चाँड बडादसैँलाई लक्षित गरी सो भेडाच्याङ्ग्रा बिक्रीमा राखिएको हो ।
यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय पचास रूपैंयाका दरले बिक्री गरिएको व्यापारीहरू बताएका छन् । व्यापारीहरूका अनुसार यस वर्ष गत वर्षको तुलनामा पचास रुपैंया सस्तोमा बिक्रि हुँदै आएको हो ।
तयारी मासु भने प्रतिकेजी दुई हजार दुइ सय बिक्री गरिएको व्यवसायीहरूको भनाइ छ । दसैंका बेला बिक्री गर्न भक्तपुरको सल्लाघारीमा दुइ हजार देखि २५ सयको हाराहारीमा भेडाच्याङ्ग्रा ल्याइएको छ।
हिमाली भेगमा भएका भेडाच्याङ्ग्रा अन्यत्रको भन्दा स्वस्थकर हुने भएकाले पनि मुस्ताङको भेडाच्याङ्ग्रामा नज आकर्षण बढेको उपभोक्ता बताउँछन् ।

पशु सेवा विभागले उपभोक्तालाई भेडाच्याङ्ग्राको सिङ्गमा हरियो चिन्ह भएका भेडाच्याङ्ग्रा मात्र उपभोग गर्न आग्रह गरेको छ । पशु सेवा विभागले उपभोग गर्न मिल्ने स्वस्थ भेडाच्याङ्ग्राको सिङ्गमा हरियो रंग र उपभोग गर्न नमिले अस्वस्थ भेडाच्यांग्रामा रातो रंगलागेको जनाइएको छ ।
विभागले चाँडपर्वलाइ लक्षित गरि भक्तपुर ल्याई पुर्याएका भेडाच्याङ्ग्राको यहि असोज ६ गतेदेखि परिक्षण थालिएको हो । बिहान र साँझा गरि सल्लाघारको चौरमा बिक्रिवितरण गर्न राखिएका भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गरि रातो र हरियो चिन्ह लगाएको विभागले जनाएको हो ।
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...