भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

इटाछेंमा ४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या हुने

  • ख्वपखबर
  • अशोज ८, २०८२

४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) भक्तपुरको इटाछेंमा हुने भएको छ । यहि असोज १८ र १९ गते हुने नेपाल भाषा साहित्य तःमुंज्या इताछेंमा हुने भएको हो ।

नेपाल भाषा साहित्य तःमुंज्याको मूल समारोह समितिका अध्यक्ष रवीन्द्र खर्वुजाले ४५ वर्षदेखि एक वर्ष पनि नविराई प्रत्येक वर्ष निरन्तर रुपमा सम्मेलन संचालन गर्दै आएको जनाकारी दिए । अध्यक्ष खर्वुजाले भक्तपुर काण्डको समयमा भूमीगत रुपमा सम्पन्न गरेको र कोरोनाको वर्षमा अन्लाईनमार्फत सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे ।

सम्मेलनका आयोजकले जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ सम्मेलनलाई निरन्तरता दिदै आएको जानकारी गराए । आयोजकका अनुसार ४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या भएकाले ४५ सदस्यीय मुल समिति र यस अन्तर्गत दुईदिने सम्मेलन सफल बनाउन १२ वटा उपसमिति गठन गरिएको छ । आयाेजक समितिका संयाेजक खर्बुजाले सम्मेलनमा करिब २५ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित