पाला(दियो)को माग पूरा गर्न व्यस्त प्रजापति समुदाय
- अशोज २८, २०८२
- निशा कुस्मा/ ख्वपखबर
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
 
    						४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) भक्तपुरको इटाछेंमा हुने भएको छ । यहि असोज १८ र १९ गते हुने नेपाल भाषा साहित्य तःमुंज्या इताछेंमा हुने भएको हो ।
नेपाल भाषा साहित्य तःमुंज्याको मूल समारोह समितिका अध्यक्ष रवीन्द्र खर्वुजाले ४५ वर्षदेखि एक वर्ष पनि नविराई प्रत्येक वर्ष निरन्तर रुपमा सम्मेलन संचालन गर्दै आएको जनाकारी दिए । अध्यक्ष खर्वुजाले भक्तपुर काण्डको समयमा भूमीगत रुपमा सम्पन्न गरेको र कोरोनाको वर्षमा अन्लाईनमार्फत सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे ।
सम्मेलनका आयोजकले जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ सम्मेलनलाई निरन्तरता दिदै आएको जानकारी गराए । आयोजकका अनुसार ४५ औं बृहत नेपाल भाषा साहित्य तःमुंज्या भएकाले ४५ सदस्यीय मुल समिति र यस अन्तर्गत दुईदिने सम्मेलन सफल बनाउन १२ वटा उपसमिति गठन गरिएको छ । आयाेजक समितिका संयाेजक खर्बुजाले सम्मेलनमा करिब २५ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए ।
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...
आज हुने पुलु: किसी जात्रा औपचारीक रुपमा मात्र संचालन गरिने भएको छ । हालको...