भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

मन मुटु छुने “न भेटेर माया गर्न सक्छु…” बोलको गीत सार्वजनिक

  • ख्वपखबर
  • अशोज ७, २०८२

सोमबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दिक्षा (गौरी) स्मृति गीतको लोकार्पण गरेका छन् । कलाकार श्रेष्ठले भक्तपुर हिजो “न भेटेर माया गर्न सक्छु…” बोलको गीत सार्वजनिक गरेका हुन् ।

लक्ष्मण पलिखेलको शव्द र हाडा ब्रडर्सको स्वर र संगीत रहेको उक्त गीत युट्युव र फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान २०७६ ले जनाएको छ ।

स्वर्गीय दिक्षा (गौरी) हाडाको सम्झनामा गीत तयार पारिएको थियो । गीत संगीतमा विशेष रुचि राख्ने गौरीको युवा अवस्थामै निधन भएको थियो । उनकै सम्झनामा यो गीत तयार पारिएको हाडा ब्रडर्सको भनाइ छ ।

भर्खरैको श्रृजनशिल युवा अवस्थाको छोरी गुमाउँदा परिवारमा परेको पीडाको बिषयमा श्रृजना भएको उक्त गीतको प्रत्येक शब्द मन मुटु छुने खालको छ । दिक्षा (गौरी) स्मृति गीतको लोकार्पण कार्यक्रममा गीतको भिडियो हेर्ने सबैको आँखा रसाएको थियो ।

सोहि कार्यक्रममा दिक्षा (गौरी) हाडा प्रतिस्थानले शाररिक रुपमा अशक्त प्रिता बल्ललाई सम्मान पनि गरिएको थियो । शारीरिक रुपमा अशक्त भए पनि केहि महिना अघि मात्र ‘अबिचलित पाईला’ नामक पुस्तक तयार पारी सार्वजनिक गरेकी थिइन् । ह्विल चियरमा हिड्न बाध्य भएकी बल्लले आफ्नो पुस्तक खुटाले लेखेका थिए । उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छिन् ।

प्रत्येक बर्ष बिभिन्न क्षेत्रका ब्यत्तिहरुलाई सम्मान गरिंदै आएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित