भिसा पाएसंगै सोमबार यूएई जाने तयारीमा नेपाली खेलाडी

  • ख्वपखबर
  • अशोज ५, २०८२

यूएईको भिसा पाएसंगै नेपाली खेलाडी सोमबार यूएई जाने तयारीमा जुटेका छन् । यूएईमा हुने नेपाल र वेष्टइन्डिजबिचको खेलका लागि नेपाली खेलाडीले भिसा पाएका नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

नेपाली क्रिकेट टिम सोमबार यूएई जाने समेत क्यानले जनाएको छ । यही असोज ११, १३ र १४ गते यूएईमा हुने खेलका लागि क्यानले बिहीबार नेपाली टोलीको बिदाइ गरेको थियो । तर भिसा आउन ढिलाइ भएपछि नेपाली टोलीको उडानको समय अनिश्चित भएको थियो ।

नेपाली टोली शुक्रबार बिहान युएई जाने कार्यक्रम भएपनि भिसा आउन ढिलाइ भएपछि नेपाली टोलीको उडानको समय अनिश्चित भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा जानकारी दिएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित