अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

हाल ‘शैलुङ’ ठाँउको नाम निकै चर्चामा रहेको छ । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो डाँडाको नाम हो ‘शैलुङ’ ।
शैलुङ तामङ भाषाको शव्द हो । सय थुम्काकाे डाँडा हो ‘शैलुङ’ । तामाङ भाषामा ‘शै’ को अर्थ सय र ‘लुङ’को थुम्काे भन्ने बुझिन्छ यसै शाब्दिक अर्थबाट नै शैलुङ बनेकाे किम्वदन्ती छ ।
आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न पुगेको छ ‘शैलुङ’ । पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशङ्कर, सगरमाथा र नुम्बुर तथा तिब्बत क्षेत्रको हिमालको पनि अवलोकन गर्न सकिने यस क्षेत्रले पर्यटकको मन लोभ्याउने गर्दछ ।
शैलुङ समुद्री सतहबाट ३१५० मिटरमा अवस्थित छ । प्राकृतिक बनोटसँगै धार्मिक स्थलहरु पनि धेरै पाइन्छ, यहाँ भीमसेनको तरबारको आकृति, बुद्धको पाइला, गाई ढुङ्गा, बाघ ढुङ्गा, जुरे ढुङ्गाको आकृतिसँगै अरु धार्मिक स्थलहरु पनि रहेका कारणले बाह्य तथा आन्तरिक पर्यटकहरु आकर्षक भइरहेको शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ बताउनुहुन्छ ।
शैलुङ डाँडाको ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्का भएको शैलुङले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई लोभ्याउने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । शैलुङ पुग्न काठमाडौँबाट मुढे र चरिकोट हुँदै सिधै काठमाडौँबाट १२५ किलोमिटरको दूरीमा मुढे बजार हुँदै शैलुङको कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कालापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । गोरखापत्रअनलाइन
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...