भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

विश्वमा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंसाको शिकार

  • ख्वपखबर
  • पुस १, २०८२

वरिष्ठ अधिवक्ता डा. शशी अधिकारीले विश्वमा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंसाको शिकार भएको बताएकी छिन् । अधिवक्ता अधिकारीले मङलबार भक्तपुरमा आयोजना गरिएको निजी सेक्टर, पत्रकार तथा नागरिक समाज संग कार्यसाला गोष्ठीमा यस्तो बताएकी हुन् ।

उनले भनिन्, “विश्व के तथ्यांक हेर्दा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंसाको शिकार भएका छन् । ९० देखि ९५ प्रतिशत सफेद झुट महिलाका यौन तस्विरहरु / भिडियोहरुको प्रचार गर्ने गरेको पाइन्छ । ४ मध्ये १ महिला पत्रकारलाई ज्यान मार्ने धम्की अनलाइन मार्फत दिने । ३ मध्ये १ महिला सांसदलाई अनलाइन मार्फत ज्यान मार्नेधम्की दिएको पाईयो ।”

नेपाल साईबर व्यूराको अनुसार झण्डै ४५ प्रतिशत महिला र बालिकाहरु माथि चरित्र हत्या गर्नका लागि झुट्टा समाचारहरु सामाजिक संजालहरुमा राख्ने गरेको पाईएको उनले बताइन् ।

उनका अनुसार यस वर्ष मात्र नेपाल प्रहरीको तथ्याङमा जवर्जस्ती करणीमा दुई हजार दुई सय ५३ मुद्दा र बालयौन दुव्यवहारको तीन सय ५५ मुद्दा  दर्ता भएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित