भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

निर्वाचन अधिकृत नियुक्त

  • ख्वपखबर
  • पुस ९, २०८२

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् ।

कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको छ । आगामी फागुन २० गतेदेखि रिक्त १९ पदमा निर्वाचन हुँदैछ ।

निर्वाचन कार्यक्रमअनुसार यही पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २३ गते बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०ः०० बजेदेखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । सम्बन्धित मतदान केन्द्रमा बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित