अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गोदावरी नगरपालिका, ललितपुरका इन्जिनियर सुवास विष्टविरुद्ध मंगलबार एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता सुरेश न्यौपाने जानकारी दिएका हुन् ।
प्रवक्ता न्यौपानेका अनुसार इन्जिनियर विष्टले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले विशेष अदालतमा विष्टविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा विष्टले आफ्नो वैध आयभन्दा एक करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ । आयोगले निज र उनका परिवारको नाममा रहेको सम्पत्ति जफत गरी कानुनअनुसार सजाय गर्न माग गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...