“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनामा गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री इङ्नामले मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको टोलीसंग भेट गर्ने क्रमम सो प्रतिबद्धता जनएका हुन् ।
मन्त्री इङ्नामले राज्यबाट सञ्चालित विकास आयोजनाहरूमा गुठी जग्गा समस्या रहेको आफूलाई जानकारी रहेको उल्लेख गरे । यस विषयमा
सरोकारवालाहरूसँग पटक पटक छलफल गरिरहेको मन्त्री इङ्नामले बताए । उनले छिटै नै यो समस्या समाधानको निम्ति ठोस् निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेक छन् ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आवास योजनाको हालसम्मको भौतिक विकास तथा जग्गा प्रशासनसम्बन्धी प्रगतिबारे जानकारी गराए ।
त्यसका सथै नगर प्रमुख प्रजापतिले आयोजनाको भौतिक पूर्वाधारअन्तर्गत सडक, ढल निकास, टेवा पर्खालको कार्य अनितम चरणमा रहेको र जग्गा प्रशासनतर्फ आयोजना क्षेत्रको सम्पूर्ण स्वीकृत नापी नक्सा तथा श्रेष्ताअनुसार हाल कायम भएको २४४४ कित्ता जग्गामध्ये १२८३ कित्ता जग्गा अर्थात ५२। ५० प्रतिशत विकसित घडेरी फिर्ता समेत भइसकेको अवगत गराएक छन् ।
नगरपालिकाद्वारा सञ्चालित उक्त आयोजनाको १६५३ रोपनी जग्गामध्ये ६८ रोपनी जग्गा गुठी अधिनष्ठ रहेको र उक्त जग्गामा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा १०.१.१ अनुसार तथा आयोजना व्यवस्थापन उपसमितिको निर्णयअनुसार योगदान प्रतिशत कट्टी गरेकोमा गुठी संस्थानबाट उक्त निर्णय कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले स्थानीय तहबाट सञ्चालित आयोजना यथाशक्य चाँडो सम्पन्न गर्न मन्त्रालयको तर्फबाट आवश्यक निर्णय गर्नको निम्ति अनुरोध गरेका थिए ।
नगरपालिकाले गुठी जग्गाको समस्या समाधान गर्न गुठी संस्थान केन्द्रीय कार्यालयमा पटक पटक अनुरोध गर्दा पनि समाधान नभएपछि मन्त्रालयसमक्ष अनुरोध गरिएको हो । २०७२ सालमै योजना स्वीकृत भइ सञ्चालन भइरहेको देको मिवा इतापाके आवास योजनामा गुठी संस्थानले अनाहकमा जनतालाई दुःख दिइरहेको समेत प्रमुख प्रजापतिले अवगत गराए ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...