भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न नेमकिपाका उम्मेदवार सुवालको आग्रह

  • ख्वपखबर
  • माघ २६, २०८२

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव तथा भक्तपुर–१ का उम्मेदवार प्रेम सुवालले जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गरेका छन् । उम्मेदवार सुवालले फागुन २१ गते हुने निर्वाचनमा सचेत भएर मतदान गर्न आग्रह गरेका हुन् ।

उनले नयाँपनको नाममा गलत विकल्प रोज्नु भविष्यका लागि घातक हुनसक्ने सुझाव दिँदै तिर्खा लाग्यो भन्दैमा विष पिउन नमिल्ने उदाहरण प्रस्तुत गरे ।

आफ्नो पार्टी नेमकिपाले नेतृत्व गरेको भक्तपुर नगरपालिकाले विद्यालय, कलेज र अस्पताल स्थापना गरी भक्तपुरका नागरिक मात्र नभई देशभरका ७७ जिल्लाका जनतालाई कम शुल्कमा सेवा दिँदै आएको उनले उल्लेख गरे । ख्वप विश्वविद्यालय स्थापना गरि अत्यन्तै सस्तो शुल्कमा एमबीबीएस लगायत उच्च शिक्षा दिलाउन पहल गरिरहेको पनि उनले स्पष्ट पारेका छन् ।

उनले यस्ता जनमुखी सेवा अन्य दलबाट प्राप्त हुनसक्ने कि नसक्नेबारे मतदाताले मनन गर्नुपर्ने बताए ।

उनले विदेशी स्वार्थ र दबाबमा आधारित राजनीतिबाट सचेत रहन आग्रह गर्दै देश र जनताको सेवामा आधारित पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरे । सुवालले निर्वाचनमा नेमकिपाको चुनाव चिह्न ‘मादल’मा मतदान गरी सम्पूर्ण उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।

यस अघि दुई पटक भारी मतान्तरले प्रतिनिधि सभा सदस्य निर्वाचित सुवाल प्रतिनिधि सभामा एक्लै भए पनि जनताको समस्या राख्न छोडेनन् । तर, उनलाई प्रतिनिधि सभामा सधै प्रतिपक्षी रहने र सत्तासंग नजिक नहुने आरोप छ ।

यस पटक उनलाई भक्तपुर नगरबासी नै रहेका वरिष्ठ अधिवक्ता हरिराम लवजुले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रही चुनौती दिएका छन् भने रास्वपाका रुकेश रन्जितले नेमकिपाको बिरासत ढालेरै छोड्ने बताइरहेका छन् ।

यता, चाँगुनारायण क्षेत्रमा पनि पूर्व नगर प्रमुख सोमप्रसाद मिश्रले नेकपा एमालेबाट र राप्रपाबाट भरतबहादुर खड्काले रोक्ने प्रयास गरिरहेका छन् । दुई पटकका बिजेता सुवालसहित भक्तपुर-१ मा ३२ उम्मेदवार रहेका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित