भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

स्वास्थ्य मन्त्री शर्माद्वारा डडेल्धुरा अस्पतालको अनुगमन तथा निरीक्षण

  • माघ २६, २०८२

माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले आइतबार डडेल्धुरा अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् । सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा मिति २०८२ माघ २५ गते मन्त्री शर्माले अस्पतालको स्थलगत अनुगमन तथा निरक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा मन्त्री शर्माले अस्पतालको भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र सेवा प्रवाहको वस्तुस्थितिबारे प्रत्यक्ष अवलोकन गर्नुका साथै बिरामीहरूसँग समेत अन्तर्क्रिया गरिन् । सो अवसरमा अस्पताल प्रशासनले स्वास्थ्य मन्त्री शर्मालाई संस्थाको वर्तमान अवस्था, बढ्दो बिरामीको चाप र कार्यसम्पादनका क्रममा भोग्नु परेका विभिन्न प्रशासनिक तथा प्राविधिक चुनौतीहरूका बारेमा विस्तृत ब्रिफिङ गरेको थियो ।

छलफलका क्रममा सो अस्पतालका निर्देशक डा. सुधा देवकोटा लगायत अस्पताल प्रशासनले संस्थाको स्तरवृद्धि गरी ३०० शय्याको शिक्षण अस्पतालका रूपमा विकास गर्न, स्वीकृत दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरूको तत्काल पदपूर्ति गर्न र कर्मचारीहरूलाई काजमा नराखी अस्पतालमै टिकाइ राख्ने व्यवस्था मिलाउन मन्त्रीज्यू समक्ष माग राखेका थिए ।

माननीय मन्त्री शर्माले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवालाई भरपर्दो र जनमुखी बनाउन मन्त्रालयले आवश्यक बजेट तथा नीतिगत समन्वयमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले अस्पतालको स्तरोन्नति र शिक्षण अस्पतालको रूपमा विकास गर्ने प्रक्रियामा मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने आश्वासन दिँदै आम नागरिकलाई सुलभ र प्रभावकारी उपचार सुनिश्चित गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । तस्वीर: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित